५ आश्विन २०८१, शनिबार

दलाल पुजीवाद र साम्राज्यवादको विरुद्ध समाजवादी माेर्चा हो : विप्लव सी

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले दलाल पुजीवाद र साम्राज्यवादको विरुद्ध समाजवादी माेर्चा बनेको बताएका छन् ।

कपिलवस्तुस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय प्रतिनिधि समितिकाे बैठकमा प्रशिक्षण दिदै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

नेपाललाई उपनिवेश बनाएर चीन विरुद्ध षड्यन्त्र गर्न अमेरिकाले नेपाललाई युक्रेनकाे हालतमा पुर्‍याउनसमेत तयार भएको र त्यसविरुद्ध लड्न र देशलाई समाजवादतिर लैजान समाजवादी माेर्चा बनेको महासचिव विप्लवले दाबी गरेका छन् ।

 

मंगलबारदेखि सुरु भएको बैठक आज १ बजे सम्पन्न भएको छ । बैठकमा पार्टीका स्थायी समिति सदस्यहरु सन्ताेष सी, अनिल सी, उमा सी, भरत सी र सुशील सीले आ-आफ्नाे धारणा प्रस्तुत गरेका थिए ।

साम्राज्यवादको हस्तक्षेप प्रत्यक्ष हुन थाल्यो : अनिल सी

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले साम्राज्यवादको हस्तक्षेप प्रत्यक्ष हुन थालेकाले समाजवादी माेर्चा बनेको बताएका छन् ।

कपिलवस्तुस्थित पार्टी कार्यालयमा भइरहेको केन्द्रीय प्रतिनिधि समितिकाे बैठकमा प्रशिक्षण दिदै उनलेे यस्तो बताएका हुन् ।
उनले साम्राज्यवाद स्थानीय दलालमार्फत आइरहेकाले राष्ट्रिय मुक्ति आन्दाेलनका लागि पनि समाजवादी माेर्चा बनेको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।