५ आश्विन २०८१, शनिबार

हाम्रो पार्टीले देशको नेतृत्व गर्नुपर्ने भएको छ : उमा सी शिलु

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य उमा सी ‘शिलु’ ले आफ्नो पार्टीले देशको नेतृत्व गर्नुपर्ने भएको दाबी गरेकी छन् ।

कपिलवस्तु, शिवगढीस्थित पार्टीको केन्द्रीय कार्यलयमा भएकाे केन्द्रीय प्रतिनिधि समितिकाे दाेस्राे बैठकमा उनले यस्तो दाबी गरेकी हुन् ।
आफ्नो पार्टी प्रतिक्रिया जनाएर मात्र बस्ने स्थानमा नभएर राष्ट्रिय स्वाधीनता र समाजवादी क्रान्तिकाे नेतृत्व गर्नुपर्ने स्थानमा रहेको दाबी गरेकी छन् । नेपाली समाजकाे अन्तरविरोधमा परिवर्तन भएको कारण कार्यनीतिमा हेरफेर गर्नुपरेको र समाजवादी माेर्चा बनेको जिकिर नेतृ शिलुकाे थियाे । आज क्रान्तिकारी र देशभक्त शक्तिहरुकाे कार्यगत एकता पनि आवश्यक भएकाे नेता उमा सी शिलुकाे दाबी थियाे । उनलेे भनिन्, ‘कार्यगत एकता गर्दा एउटा पक्षले केही पाउँदा केही छाेड्नु वा गुमाउनु पर्छ ।’
अर्को पक्षमा पनि त्यही नियम लागू हुन्छ भन्दै उनले लेनिनको वार्ता र सम्झौता विषयमा चर्चा पनि गरिन् । उनले कार्यकर्ताहरुलाई आँधी हुरीकाे सामना गर्न र देशकाे नेतृत्व गर्न तयार रहन पनि अपिल गरिन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।