५ आश्विन २०८१, शनिबार

नेपाल कम्युनिस्ट पार्टीकाे स्थायी समिति बैठक सुरु

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीकाे स्थायी समिति बैठक आजदेखि सुरु भएको छ ।
आज बिहानदेखि कपिलवस्तुस्थित पार्टी कार्यालय शिवगढीमा नेपाल कम्युनिस्ट पार्टीकाे स्थायी समितिकाे बैठक सुरु भएको हो ।
६ महिने आवधिक कार्ययोजनाकाे समिक्षासहित आगामी कार्ययोजना निर्माणका लागि उक्त पार्टीले केन्द्रीय प्रतिनिधि समिति, स्थायी समिति, ब्युरो समिति र केन्द्रीय समिति बैठक बस्देैछ । यसअघि हिजो मात्र केन्द्रीय प्रतिनिधि समितिको बैठक सम्पन्न भएको थियो । आजदेखि सुुरु भएको स्थायी समिति बैठक सकिएपछि पार्टीको पाेलिट ब्युरो र त्यसपछि केन्द्रीय समितिकाे बैठक बस्ने नेकपाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।