५ आश्विन २०८१, शनिबार

माओवादी केन्द्रको महासचिव बन्न जनार्दन शर्माको वैचारिक स्तर पुग्दैन : खनाल

0

काठमाडौं – रुकुम पश्चिमका युवा नेता नवराज खनालले नेकपा माओवादी केन्द्रका उपमहासचिव जनादर्न शर्मा प्रभाकर-को वैचारिक क्षमतामाथि प्रश्न उठाएका छन् । नेकपा माओवादी केन्द्रको महासचिव बन्न वैचारिक रुपमा हैसियत नपुग्ने भन्दै खनालले उनको क्षमतामाथि प्रश्न उठाएका हुन् ।

बिहीबार नेपाल कम्युनिस्ट पार्टी उपत्यका व्युरोले आयोजना गरेको धु्रविकरण कार्यक्रममा बोल्दै खनालले माओवादीहरु बिचको ध्रुविकरणका विषयमा प्रभाकरले दिएका अभिव्यक्ति प्रति कटाक्ष गरे । उनले नेकपा महासचिव विप्लव र जनार्दनको तुलनै हुन नसक्ने भन्दै हैसियत नपुेपछि बवराउँदै हिडेको आरोप लगाए । ‘माओवादी आन्दोलनको मुलधारको नेतृत्व गर्ने क्षमता विप्लवसँग मात्र छ । उहाँको राम्रो अध्ययन, आफ्नै दर्शन र आफ्नै राजनीति छ ।’, उनले भने, ‘प्रभाकरको के छ हामीलाई थाहा छैन!’

प्रभाकर परिवारवादभन्दा बाहिर जान नसक्दा क्षमता विकास नभएको उनको भनाई थियो । ‘उहाँ काम गर्न सक्ने मान्छे हो तर माओवादी आन्दोलनको नेतृत्व गर्ने हैसियत उहाँसँग छैन ।’, नेकपामा धु्रविकरण पछिको अनुभुजन्य मन्तव्य राख्दै उनले भने, ‘महासचिव बन्नलाई आफूसँग केही हुनुपर्छ,उहाँसँग त परिवारवाद बाहेक केही छैन । उहाँ सतही कुरा गरेर नेता बनेको मान्छे हो ।’

जनार्दन माओवादीभित्र अध्ययन कम, त्रियाशिलता बढि भएको नेताका रुपमा चिनिन्छन् । केही नयाँ विषय जानकारी लिनुपर्यो भने पुस्तक किनेर कसैलाई बढ्ने दिने र त्यसको साराशं सुनाउन लगाउने उनको पुरानो वानी सुधार्न नसक्दा पछि परेको नेताहरुले आरोप लगाउने गरेका छन् । बिहीबार उनको नेतृत्वमा ३५ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।

धुब्रिकरण कार्यक्रमको अध्यक्षता नेकपा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सीले गरेका थिए भने कार्यक्रममा उपस्थित सम्पूर्णलाई नेकपा केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज विजय सीले स्वागत गरेका थिए । नेकपा माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरि नवराज खनालको नेतृत्वमा ३३ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्यहरु भृकुटी सी, पाटन सी, चन्द्र सी, विकिरण सी लगायतका नेताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन नेकपा केन्द्रीय सदस्य चिरन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।