अनिल विरही सी
कार्ल मार्क्सले पुँजी कृति लेख्ने समयमा नै जहाँ अर्थतन्त्रको केन्द्रीकरण हुन्छ, त्यहीँ नै राजनीतिको पनि केन्द्रीकरण हुन्छ’ भन्नु भएको थियो । नेपालका दातृ संस्थाहरू अमेरिका नियन्त्रित र निर्देशित छन् । त्यसैले नेपालको घरेलु राजनीति पनि अमेरिका नियन्त्रीत रहेको छ । यद्यपि आज भन्दा अघि पश्चिमाहरुले भारतलाई क्षेत्रीय गोठालो मान्थे । अब भने अमेरिका नै अगाडि आएको छ । जसको कारण नेपाल-चीन भारत-चीन उत्तरी सीमामा तनाव सृजना भएका सूचना आइरहेका छन् ।
पश्चिमाहरुले नेपाली जनतालाई कम्युनिस्टहरूको प्रभावबाट टाढा लैजान धर्म, गैर सरकारी संस्था, सामाजिक अभियन्ता, सञ्चार, अर्थतन्त्र सबै क्षेत्रबाट कब्जा गर्ने अभियान चलाएको छ । क्रिश्चियनीकरण तीव्र पारिएको छ । धरानमा पार्टी प्यालेस बनाउने भनेर चर्च बनाउनु, कपिलवस्तुमा विप्लवको निवास र पार्टी कार्यालय छेउमा चर्च बनाउन खोज्नुले धार्मिक-साम्प्रदायिक झडपतिर लैजान खोजेको छ । पशुपतिनाथको मन्दिर परिसरमा कुनै बेला बौद्ध गुम्बा थियो भन्ने समाचार र हालै पुन मगरले आफूहरु मगर नभएको दाबी र तथ्याङ्क विभागले हतारहतार सुचीकरण गर्न, सामाजिक अभियन्ताको नाममा अमेरिकी दुतावासको लगानीमा, नयाँ-नयाँ हिरो तयार गर्नु र सञ्चारमा व्यापक लगानीमार्फत सम्पूर्ण क्षेत्रबाट पेल्दै आएको छ । गैससमार्फत सम्पूर्ण सूचना लगेको छ । परिस्थिति सतहमा देखिए भन्दा निकै जटिल र गम्भीर छ ।
चीनले भैरहवा र पोखरा विमानस्थललाई बिआरआइको अंश भएको घोषणा गरिसकेको छ । त्यसको अर्थ नेपालमा एमसीसीको नाममा अमेरिका आउँछ भने बिआरआईको नाममा चीन आउँछ भनेको हो भनेर बुझ्नुपर्छ । २०३२ सालमा खम्पा विद्रोहको नाममा नेपालमा अमेरिकी सेना, हतियार र युद्धक विमानहरु आएका थिए । नेपालको सीमाबाट चीनियाँ सेनामाथि आक्रमण भएको थियो । त्यसबेला चीनले खम्पा विद्रोह र अमेरिकी घुसपैठ नरोके चीनियाँ सेना नेपालमा प्रवेश गर्ने चेतावनी दिएको थियो । त्यस्तो स्थितिमा राजा विरेन्द्रले नेपाली सेना परिचालन गरे । त्यसबेला अमेरिका र रुसबिचमा शितयुद्ध चलिरहेको थियो । तर चीन र अमेरिकाबिचमा भर्खरै मात्र कुटनीतिक सम्बन्ध कायम कायम भएको थियो । अमेरिका त्यही भएर आएन । तर आज त्यस्तो स्थिति छैन । दुबै देश झडपमा गए भने नेपाल युक्रेन बन्न सक्छ । अर्कोतिर अमेरिकी सेना र नेपाली सेनाको संयुक्त टोली बनाएर अमेरिकी सेना आउन सक्छ । त्यसो त रेन्जर बटालियन अमेरिकी सेनाको ब्यारेक थियो । त्यो अहिले पनि छँदैछ । यदि समाजवादी मोर्चाका घटकहरूबे एमसीसी लागू गर्न गए अथवा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त कमान्डमा ब्यारेक बन्ने भयो भने समाजवादी मोर्चा विघटन हुनेछ । सङ्क्रमणकालीन न्याय र आर्थिक सहयोग रोक्ने धम्की दिएपछि एमाले, काङ्ग्रेस र प्रचण्ड एमसीसी पारित गर्ने बाध्य भएका थिए । प्रचण्डले ज्यान बचाउन सम्झौता गरे की भन्ने आशंका पनि छ ।
चीनको भ्रमण रोकेर इटली जानुको पनि आशंकाहरू बढेको छ । सङ्क्रमणकालीन न्याय (टिआरसी) र आर्थिक नाकाबन्दीको त्रास अमेरिकी अधिकारी डोनाल्ड लुले देखाएपछि काङ्ग्रेस-एमाले-प्रचण्ड, एमसीसी पारित गर्न बाध्य भएका थिए । डोनाल्ड लू फेरि नेपाल भ्रमण आउँदै छन् । अगस्त महिनादेखि कार्यान्वयन शुरु गर्ने भनिएको एमसीसी परियोजनासँगै अमेरिकाले आफ्नो ब्यारेक राख्न अनुमतिको लागि दबाव दिइरहेको छ । नेपालले अनुमति नदिए पनि अमेरिका पेलेर आउने छ । त्यो कुरा राम्ररी बुझेको चीनले नेपाल, भुटान र भारतसँगको सीमामा सेनाको गतिविधि तीब्र पारेको र भारत-चीन सीमामा तनाव बढि सकेको सूचना आइसकेको छ ।
अमेरिकी सेना २०६०/०६१ मा माओवादीलाई दमन गर्ने नेपाल आएको थियो। त्यो रेन्जर बटालियन थियो। ती अमेरिकी सेनाहरु सादा पोशाकमा बसेकै छन् । अपराधको पराकाष्ठा भैरवनाथ गण त्यही अमेरिकी नेतृत्वको ब्यारेक थियो । नेपाल आज फेरि २०६०/०६१ सालमा पुगेको छ । हिजो अमेरिकी सेना माओवादी दमन गर्ने आएको थियो । आज भने विकासे नारा बोकेर आएको छ ।
त्यसबेला नै माओवादीले गृहयुद्धबाट जनयुद्ध राष्ट्रिय मुक्ति युद्धमा प्रवेश गरेको घोषणा गरेर साम्राज्यवाद र नेपाली जनताबिच व्यापार ध्रुवीकरण गर्नु पर्थ्यो भन्ने धारणा पनि रहेको छ । त्यसैले आज कम्युनिस्ट र देशभक्त शक्तिहरू मिलेर देश बचाउन लड्नुपर्छ ।
क्रिश्चियानीकरण अमेरिकाको अर्को अस्त्र हो । यो ‘धर्म राजनीति’ अझै खतरनाक छ । हामो पार्टी नेपालका हिन्दू, बौद्ध मुस्लिम, नानक सम्प्रदायसँग क्रिश्चियनीकरण विरुद्ध सहकार्य गर्न तयार छ । पूर्व राजावादीहरु नेपालमा अमेरिका विरुद्ध लड्न तयार हुनुपर्छ । उनीहरु कम्बोडियाका राजा नरोत्तम सिंहानुकको स्तरमा उठ्नु पर्छ । अमेरिकी ज्यादतिको विरुद्ध नलड्ने कुनै पनि शक्ति देशभक्त हुन सक्दैन । त्यो त पृथ्वीनारायण शाह, अमरसिंह थापाहरुको बेइज्जत हो । जहाँसम्म कम्युनिस्टहरूको प्रश्न छ प्रचण्ड, माधव नेपाल र केपी ओलीहरु कांग्रेससँग मिल्न सक्ने आपसमा सहकार्य गर्न नसक्ने भनेको ती दलभित्र घुसेका विदेशिका एजेन्टहरुको उक्साहट हो । चरम गैरजिम्मेवारी हो । एमालेको आर्थिक आधार आइएनजिओहरु हुन् । ती पश्चिमाहरुको नुन खाएका तत्वहरुले एमालेलाई भित्रभित्रै समाप्त पार्दै लगेका छन् । उपनिर्वाचनमा एमाले सबै स्थानमा तेस्रो भयो । ३३ प्रतिशत पार्टी सदस्यले नविकरण गरेनन् । माओवादी केन्द्रको त पार्टी सदस्य जति पनि मत आएन ।
सुधार र विकासको नाममा सरकारी निकायमा घुसेका विदेशी एजेन्ट विरुद्ध लड्नु पर्छ । जनतालाई क्षणिक लाभ दिएर देशै बेच्ने देशद्रोही चिन्नु पर्छ । विद्युत प्राधिकरणको विकासे नारा बोकेर अमेरिका र एमसीसीको लागि सहजीकरण गर्ने कुलमान घिसिङ जस्ता देशद्रोही दलाललाई गौंडागौंडामा अमेरिकाले तयार गरेको छ । ज्ञानेन्द्र शाही, रवि लामिछाने, गगन थापा हुँदै महाविर पुनसम्मको निगरानी गरिनु पर्छ ।
पुराना माओवादीहरु बिचमा पार्टी एकताको चर्चा चलिरहेको छ । एकताको हल्ला गर्ने, पद बाँड्ने, सबै जनार्दन शर्मा र उनको छुद्र गुट हो । उनी आफ्नै हर्कतले झन् झन् नाङ्गिदै गएका छन् । अमेरिकी घुसपैठको विरुद्ध मोर्चा बनाउने काममा उनी बाधक बन्नु गम्भीर रहस्यको विषय छ । माओवादी केन्द्रभित्र आज भोलि सकता विरोधी को हो थाहा भयो भन्न थालिएको छ । प्रचण्ड दलाल पुँजीवादको विरुद्ध समाजवादमा जान तयार हुँदा शर्मा भने संविधान र संसदीय व्यवस्थाको पक्षमा उभिएका छन् । उपेन्द्र यादव भन्दा पनि पश्चगामी देखिन्छन् उनी ।
एमालेको समर्थनमा चार वर्ष नै देउवालाई प्रेम बनाउने ओलीको प्रस्ताव देउवाले मानेनन् । अब उपेन्द्र यादव र प्रचण्डको दूरी बढाउने खेल चलिरहेको छ । आफू आउने सम्भावना नहुने र प्रचण्डलाई प्रमबाट हटाउन पर्ने भयो भने देउवा शेखर कोइरालालाई बनाउन तयार हुन सक्छन् । किनकी पार्टीभित्र गगन थापा र पार्टी बाहिर केपी ओलीसँग देउवाको प्रतिस्पर्धा रहेको छ ।
अमेरिका नेपालमा आउने भनेको प्रचण्डसहित कम्यूनिस्ट, देशभक्तमाथि आक्रमण गर्ने, नेपालमा सैन्य शिविर बनाउने र चीनको विरुद्ध नेपाली भूमि प्रयोग गर्ने हो । त्यसैले क्रान्तिकारी देशभक्तहरु उदार-पूँजीवादी शक्ति र देशभक्तहरुको संयुक्त मोर्चा आवश्यक छ । समाजवादी मोर्चा त्यसैको कारण बनेको हो । त्यसलाई प्रभावकारी बनाउनुपर्छ ।
२०८० साउन २८
यहि संबिधानलाई टेकेर पहिचानकाे बकालग गर्दै गर्दा, ईसाइकरणकाे बैधानिक दस्तावेजलाई पराेक्ष रुपमा पहिचानबादीहरुले किन महान उपलब्धि भनिरहेका छन ? ईसाइकरण पश्चिमाहरुकाे सबैभन्दा ठूलाे नव उपनिवेशिक हतियार भएको बुझ्दै गर्दा, यहि प्रकृयालाई सहयाेग गर्ने धर्मनिरपेक्षतामा यहाँका मानिसहरु किन खुसी छन ?
नेपालले सन् १९५० को दशकको सुरुदेखि नै ईसाइकरणकाे समस्यालाई चुनौतीको रूपमा देख्न थालेको थियो । सन् १९९० पछि यसले व्यापक गति लियो । राजतन्त्रको समयमा कडा कानुनी व्यवस्थाद्वारा यसलाई कुनै न कुनै रूपमा दमन गरिएको थियो । तर सन् १९९० काे राजनीतिक परिवर्तन पछि धर्मान्तरण मानव अधिकारको मुद्दामा परिणत भयो । यसबाट एनजीओ (NGOs) व्यवसायमा संलग्न धेरै मानिसहरू लाभान्वित भए
1) शान्ति प्रकृया मार्फत शान्तिपूर्ण तरिकाले समाधान गर्ने याेजना हुदै गर्दा, बाह्रबुँदेकाे जगमा लगेर नेपालकाे नयाँ राजनीति काेर्ष सुरु भए सँगै नेपालकाे राजनीतिक अभ्यास साम्राज्यवादी शक्तिहरुकाे नियन्त्रणमा पुग्यो । सन् २००७ मार्च महिनामा, UNDP काे संविधान सभा समर्थन इकाई (UNDP Constituent Assembly Support Unit) द्वारा नेपालमा संघीयता र राज्य पुनर्संरचना शीर्षकको राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो । उक्त सम्मेलनमा जातीय पहिचानमा आधारित प्रदेशसहित राज्यको पुनर्संरचना गर्ने, जातीय सङ्घीयताको सिद्धान्तलाई मान्यता दिँदै नेपालको संविधानमा उल्लेख गर्न स्पष्ट रूपमा प्रस्ताव गरिएको थियो । अन्त्ताेगत्ब त्याे साबित भएरै छाड्याे ।
२)बिराटनगरमा भएको सम्मेलन UNDP काे संविधान सभा समर्थन इकाईले आयाेजना गरेकाे थियो । यस सम्मेलनमा केहीले सिंगो मधेसलाई एउटै स्वायत्त प्रदेश बन्न नदिने हो भने नेपालको झण्डा जलाउने र मधेसलाई छुट्टै राष्ट्र बनाउने धारणा राखेका थिए । त्यसै गरि कयै FNGO र तिनीहरूका स्थानीय संगठनहरू र दाता संस्थाहरूले नेपालको एकीकरणलाई पूर्ण रूपमा बेवास्ता गर्दै जातीय पहिचानमा आधारित सङ्घीयताका लागि राजनीतिक आन्दोलनहरूलाई समर्थन गरेका थिए । यिनै FNGOs हरु मार्फत आज सम्म नेपालले २७० अर्ब नेरु बराबरकाे बैदेशिक सहायता प्राप्त गरेकाे छ । याे सहयाेग र लगानीकाे प्रतिफल कसले पाउदै छ ? साेचनिय छ ।
३) Vision Nationals Nepal एक क्रिस्चियन संस्थाले सन् २००३ मा नेपालमा काम गर्न थाल्यो । यसले नेपालमा चर्चहरू निर्माण गर्ने परियोजनाको रूपमा सन् २००८ मा आधिकारिक रूपमा पास्टरहरू भर्ती र तालिम दिन थाल्यो । चर्चलाई सञ्चालन गर्न ६ महिनाको बाइबल स्कूल कार्यक्रम र कतै तालिम दिइन्थ्याे । ईन्डियामा रहेकाे भिजन नेशनल सेमिनरीमा Master’s college of Theology मा थप अध्ययन गराउने कार्य हुन्छ । यसको प्रतिवेदन अनुसार २०१२ सम्म भिजन नेशनलसँग ( Vision National ) सम्बद्ध ५० भन्दा बढी चर्चहरू नेपाल र उत्तरपूर्वी भारतमा छरिएका छन ।
४)तराईका जिल्लाहरूमा FNGOs ले २०११ देखि सुरु गतिविधि सुरु गरेका थिए । सी.के. राउत अमेरिकी ग्रीनकार्ड धारक राउतले UNDP का आवासीय संयोजक, तत्कालीन बेलायती राजदूत र अन्यको उपस्थितिमा काठमाडौंमा दुई दिने गोष्ठी आयोजना गरेका थिए । त्यसपछि, गैरकानूनी स्वतन्त्र मधेस आन्दोलन सुरु भयो । तराईमा आधारित कार्यकर्ता प्रतिष्ठित पश्चिमी विश्वविद्यालयबाट पढेका र अमेरिकास्थित हतियार निर्माण कम्पनी Raytheon मा काम गरेपछि पश्चिमा एजेन्सीहरूलाई मधेसमा आफ्नो प्रभाव विस्तार गर्न थप उत्साही बनाएको छ । तराईमा आ–आफ्नो प्रभाव विस्तार गर्ने शक्ति केन्द्रहरू बीचको यो प्रतिस्पर्धाले काठमाडौको हैसियत दर्शक जस्ताे बनाईदियाे ।
५)UNDP काे संवैधानिक सहयोग एकाइ कार्यक्रम अभियान कोष संबिधान निर्माणकाे समयमकाे महत्त्वपूर्ण संयन्त्र थियो, जसले धेरै दाता एजेन्सीहरुबाट कोष प्राप्त गर्यो । यो अभियान प्रा. यश घाईको ( Yash Ghai) नेतृत्वमा सुरु भएको थियो । उनी फिजी, अफगानिस्तान र आफ्नै देश केन्यामा यस्तै परियोजनाको नेतृत्व गर्दै आएका थिए । उनी नेपालकाे संबिधान निर्माण प्रकृयामा सक्रिय भूमिका खेल्ने ब्यक्ति हुन । जवकि केन्यामा उनले बनाएको संविधान पूर्ण रूपमा खारेज गरियो । तर नेपालमा उनीहरुकै डिजाइनमा संविधान बन्याे । यहि क्रममा; केही बर्ष अघिकाे रिपोर्ट अनुसार संसारमा सबैभन्दा छिटाे ईसाइकरण भएको २० देशकाे सुचि मध्ये नेपाल १ नम्बरमा थियाे । नेपालमा क्रिस्चियनहरुकाे सङ्ख्या बृद्धि हुनुमा मुख्यतया: स्वास्थ्य, भेदभाव, गरिबीमा आधार माने प्रचार गरिरहेका छन । यूरो-अमेरिकी, कोरियाली, जापानी र ताइवानी क्रिश्चियन मिसनरीहरू सक्रिय रूपमा नेपाल भित्र धर्म परिवर्तनको व्यवसायमा संलग्न छन ।