३१ भाद्र २०८१, सोमबार

अमेरिका घर फर्क !

0

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिका घर फर्क ! (Go back USA) घन्काउने भएको छ । उसले २८ साउनदेखि ३२ गतेसम्म शिवराज –९, कपिलवस्तुमा सम्पन्न भएको केन्द्रीय समितिको बैठकले नेपालमा सादा पोशाकमा अमेरिकी सेना आइसकेको र एमसीसीका कैयौँ गोप्य अखडामा हतियार थुपारेको निष्कर्ष निकालेको छ ।

देशभक्त नागरिकको छवि बनाएका व्यापारी, कर्मचारी, नेताहरुमाथि प्रशासन, प्रहरी र अमेरिका परस्त नेताहरु निकट सञ्चारमार्फत आक्रमण भएको देखिन्छ । त्यसैबिच अमेरिकाले नेपालका तिब्बतसँग सिमा जोडिएका ७ वटा जिल्लामा अमेरिकी सेनाको ब्यारेक राख्न अनुमति दिन दबाब दिइरहेको सूचना आइरहेको छ । अमेरिकाले प्रचण्ड नेतृत्वको सरकारलाई अमेरिकी सेना र नेपाली सेनाको संयुक्त कमाण्डमा ब्यारेक राख्ने अनुमतिको लागि वैकल्पिक प्रस्ताव पनि लगेको छ ।

संसदीय पार्टीहरु र सरकार पछिल्लो प्रस्तावमा झुक्न सक्ने आशंकाहरु गरिन थालेको छ । नेपाली जनताले विकासे संस्थाको रुपमा मात्र आउने कुनै पनि विदेशी संस्थाको विरोध गरेका छैनन् तर अमेरिकाले आफनो प्रतिद्वन्दी चीनलाई घेर्न नेपाली भूमि प्रयोग गर्न सरकारलाई समेत पेलेर आएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।