२३ भाद्र २०८१, आईतवार

टाउकोमाथि सूचनाका तरङ्गहरू बगिरहेका छन्

0

            शिव गाउँले

 

घटना र प्रवृत्तिलाई जनसमक्ष पु¥याउने साधन पत्रकारिता हो । पत्रकारिताले चारवटा कार्य गदछ :
१) सूचना प्रवाह गर्दछ ।
२) समाजलाई शिक्षित गर्दछ ।
३) समाचार र सूचना प्रवद्र्धन गर्दछ ।
४) शासकलाई खबरदारी गर्दछ ।
समाचार कसरी र किन बन्छ ? बागबजारमा आफ्नो घरको भ¥याङ्गबाट लडेर बुद्धिमान ज्यापूको गोडा भाँचियो । तर त्यसलाई कसैले पनि समाचार बनाएन । तर शेरबहादुर देउवा लडेर गोडा भाँचिएको भए ठूलै समाचार बन्थ्यो । यस्तो किन हुन्छ ? सार्वजनिक चासोको विषय समाचार बन्दछ । देउवा काङ्ग्रेसका नेता भएको कारण धेरैको चासो वा सामाजिक सरोकारको विषय भएको कारण समाचार बनेको हो । व्यक्तिगत सूचनाको सामाजिक दायरा भयो भने समाचार बन्ने गर्दछ । सार्वजनिक दायरा बनाउन पनि सकिन्छ । यो सूचनाको प्रवद्र्धन हो । पत्रकारले त्यसो गर्न सक्दछ । सरकारले जनचेतना फैलाउन नसकेर, व्यवस्थित आवास विकास नगरेर आदि विषय उठाएर ज्यापूलाई समाजिक सरोकारको रूप दिएर समाचार बनाउन भने सकिन्छ ।
हामीलाई गोत्रअनुसारका फोन आउँछन् । कसैले ‘जय नेपाल’ भन्छन् । त्यो मान्छे काङ्ग्रेस रहेछ भन्ने थाहा हुन्छ । कसैले ‘नमस्कार’ भन्छन् । सायद ती राष्ट्रिय प्रजातन्त्र पार्टीका होलान् । कसैले भने ‘लाल सलाम’ भन्छन् । उनीहरू कम्युनिस्ट होलान् । फोनबाटै गोत्र थाहा भएन त ?
समाचार र विज्ञापनमा के फरक छ ? कसैले तपाईलाई ‘पत्रकार सम्मेलन छ, आउनुहोस् है’ भन्यो भने त्यो विज्ञापन हो । तर त्यसैलाई समाचार बनाउन सकिन्छ । समाचारको आडमा विज्ञापन गर्ने गरिन्छ । नियमित कार्य समाचार होइन । कारण असामान्य भयो भने समाचार बन्दछ ।
सञ्चारकर्मी–माथि सत्तापक्ष र विद्रोहीपक्ष दुवैतिरबाट प्रहार हुनसक्छ । अपजस आइरहन्छ । एउटै प्रकृतिको घटना पटक–पटक दोहोरियो भने पनि त्यो समाचार बन्नपुग्छ । त्यसो किन भइरहन्छ भन्ने जिज्ञासा वा प्रश्न बन्दछ । त्यसको जवाफ समाचार बन्छ । कर्णाली राजमार्गमा पटक–पटक ठूला–ठूला दुर्घटनाहरू हुन्छन् । त्यसैले त्यो विषय नै समाचार बन्छ । साँघुरो बाटो, ट्राफिक नियमको पालना नहुनु, क्षमताभन्दा बढी यात्रु आदि समाचार बन्छन् । समाचार बन्न अक्षरमा शक्ति हुनुपर्छ ।
समाचारलाई विभिन्न कोटीमा राखेर हेरिन्छ । तात्तातो समाचार (Hot cake News), विश्लेषणात्मक समाचार, नरम समाचार (soft News), खोजी समाचार (Investigation on News), शब्दचित्र समाचार आदि हुन्छन् । समाचारमा सूचनाहरू हुन्छन् र समाचारमा विचारहरू हुन्छन् ।
आशङ्काहरू हुन्छन् । विरोधाभास देखिएपछि त्यसको खोजी हुन्छ । त्यसो किन भयो भन्ने प्रश्न उठ्छ । हामी ७० वर्षदेखि प्रजातान्त्रिक व्यवस्थामा छौं । तर पनि गरिबी किन हट्दैन ? यो खोजी पत्रकारिता (Investigation on Journalism) को विषय हो । सञ्चारकर्मी नागरिकप्रति जवाफदेही हुन्छन् । त्यसैले सरकारसँग उसको असमझदारी वा सङ्घर्षको स्थिति रहनसक्छ ।
पत्रकारले आफ्नो विचारमात्र प्रवाह गर्दैन । उसले अरुको विचार पनि प्रवाह गर्दछ । घटनाको भित्री रहस्य नै खोजी पत्रकारिताको विषय हो । माक्र्सवादमा वस्तुको सारतत्व भनेझैं समाचारको गुदी कुरा पत्ता लगाउनु खोजी (Investigation) पत्रकारिता हो । म कुनैबेला हिमाल साप्ताहिकको सम्पादन गर्थें । अहिले खोजी पत्रकारिता गर्छु । हाम्रो टाउकोमाथि सूचनाका तरङ्गहरू बगिरहेका छन् । ती सूचना तरङ्गहरूलाई हाम्रो टाउकाले टिप्न सक्नुपर्छ । मस्तिष्करूपी एन्टेना सक्रिय रहिरहनु पर्दछ ।
सत्ता र शक्तिमा रहेका सूचनालाई समाचार बनाउने कि निम्छराको विषयलाई समाचार बनाउने अर्को विषय हो । सूचना राम्रो दिनसके सञ्चार माध्यम स्थापित हुने हो । अमेरिकाका पत्रकारले अमेरिकी सञ्चारको श्रेष्ठता सावित गर्न अमेरिकी सञ्चार माध्यममा ‘तथ्यहरूको प्रस्तुतीमा एकरूपता, विचारमा विविधता’ रहेको दाबि गरेका थिए । नोमचम्स्कीले उनीहरूलाई ‘इराक–अमेरिका युद्धमा कतिजना अमेरिकी सेना मारिए ?’ भनी प्रश्न गरे । उनीहरूले सरकारी सूचना सुनाउने गरेका थिए । त्यो प्रश्नले अमेरिकी सञ्चार माध्यमको मुख बन्द भयो । त्यसैले सत्ता र शक्तिको नियन्त्रण बाहिरको सूचनाको संसारमा प्रवेश गर्न सक्नुपर्छ ।
पत्रकार चिया पसलको गफाडीजस्तो हुनु हुँदैन । मनमा प्रश्न उठ्नासाथ लेख्नुपर्छ, बोल्नुपर्छ र अनुसन्धान गर्नुपर्छ । कसैले भ्रष्टाचार भयो भन्यो भने ‘सबै चोर त हुन्, यो देशमा यस्तै त हो’ भनेर वा सार्वजनिक स्थलमा सरापेर बस्ने मान्छे पत्रकार हुँदैन । त्यस्ता पत्रकारको सङ्गत पनि गर्नु हुँदैन । पत्रकारले त भ्रष्टाचार भयो, अनियमितता भयो, अन्याय भयो भन्ने लागेपछि लेख्नुपर्छ । मनलाई सपनाको चिहानघारी बनाउनु हुँदैन ।
नेताहरू गणतन्त्र भन्छन् तर सामन्ति व्यवहार गरिरहन्छन् । कार्यकता बोल्न सक्दैनन्, किन ? भित्री कुरा के हुनसक्छ भने उसलाई टिकट पाइन्न कि भन्ने त्रास छ । समाचार बनाउँदा धेरैको चासो र धेरैलाई प्रभावित पार्ने खालको चयन गर्नुपर्छ । पत्रकार तीनवटा कुरामा सचेत रहनुपर्छ– आशंका, विरोधाभास र किन ? कुनै घटना वा सूचना आएपछि भयो होला, गरे होलान् भनेर अक्सर मानिस झैं टिप्पणी गरेर बस्ने पत्रकार हुँदैन । जाँचबुझ गरेर हेर्नुपर्छ । मनले दिने स्वभाविक उत्तरमा सन्तुष्ट हुनुहुँदैन । सूचनामा अन्तरविरोधी पक्षहरू खोज्नुपर्छ । समाचारको भित्री तह वा गुदीसम्म पुग्ने ढोका सूचनामा रहेको अन्तरविरोधी पक्ष हो । नेपाली सेनाका सम्पूर्ण अधिकृतहरूको सम्पूर्ण परिचय सेनाको अनलाइनमा राखिएको छ । तर त्यहाँ राजेन्द्र क्षेत्रीको जन्म मिति रहेनछ । एकजना मात्र किन छैन ? हामीले ‘किन ?’ भनेर खोज्दै जाँदा झुटो विवरण पेश गरेर जागिर खाएका रहेछन् । छुट्यो होला, केही भयो होला भनेर बसेको भए हामी पत्रकार हुँदैनथ्यौं । जनता सूसुचित हुन पाउने थिएनन् । पत्रकार सधैं फरक गोरेटोमा हिंड्न सक्नुपर्छ । पत्रकारले बाटो बदल्दै–बदल्दै हिंड्नुपर्छ । अल्छीसँग सङ्गत नै नगर्नुस् ।
नारायणमान बिजुक्छेले वाम–गठबन्धन भारतले बनाइदिएको हो भनेका थिए । अहिले रोहित पनि त्यही वामगठबन्धनमा गएको वा जाने सूचना आएको छ । यस्तो विरोधाभास किन ? अब तपाई ‘होला, यस्तै त हुन्’ भनेर बस्नुहुन्न । यो विरोधाभासको कारण खोज्नुपर्छ । त्यसपछि सूचनालाई किन ? भनेर हेर्नुपर्छ । आज बेलायतले बैङ्कमार्फत ब्रिटिश गोर्खालाई निवृत्तिभरण गर्छ । तर भारतलाई नगद नै किन दिनुप¥यो ? निवृत्त र बहालवाला गरी १ लाख ५० हजार जतिलाई निवृत्तिभरण बाँड्न नेपालका २५ स्थानमा शिविर र हजारौं भारतीय सेना नेपालमा किन चाहियो ? बैङ्कमार्फत किन नदिएको ? यो कुराको गुदी कुरा के हुनसक्छ भने २०२६ सालमा नेपालबाट फर्केको भारतीय सेना निवृत्तिभरण शिविरको आवरणमा आइरहेको छ । भारतले निवृत्तिभरणको आवरणमा निवृत्तिभरणभन्दा अरु नै धन्दा गरिरहेको छ । नेपालमाथि निगरानी गरिरहेको छ ।
(२०७४ कार्तिकमा काठमाडौंमा आयोजित आधारभूत पत्रकारिता तालिममा प्रशिक्षण दिने क्रममा व्यक्त विचारको सम्पादित अंश)

स्राेत: जनपत्रिका चाैथाे अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।