१४ मंसिर २०८१, शुक्रबार

मास्टर साहेबको व्यापारको विरुद्ध

व्यक्तित्व र कृतित्व

0

 

            महान शहीद क. रामवृक्ष यादव ‘मास्टर साहेब’

 

“बाँच्नुका नाममा एक थोपा पनि ¥याल नचुहाएको एउटा सत्यको अनावरण गरेरै म¥यौ
हृदयको गति यथावत राख्नका निम्ति
र अर्थहीन भएर कपाल फुलाउनका निम्ति
नादिरशाहहरुसँग भिक्षाटनको अलख नजगाएरै म¥यौ
मरेपनि जत्रोसुकै प्रलयले समेत
हल्लाउन नसक्ने एउटा
विशाल मजबुत
यस युगको
युगिन स्तम्भ भएरै म¥यौ ।”
                                                                              (पूर्ण विराम, सम्वाददाताहरु भन्छन्)

कमरेड रामवृक्ष यादवलाई स्थानीयहरुले आदरपूर्वक ‘मास्टर साहेब’ भन्थे । उहाँको वि.सं. २००३ सालमा धनुषा जिल्लाको गाविस बरमझिया (हाल गणेशमान नपा)मा भएको थियो । आजकै दिन प्रहरी र काङ्ग्रेसका गुण्डाहरुले २०४२ सालमा मित्रमणी आचार्यको चितवन, पर्साढापमा हत्या गरेझैं हत्या गरेको थियो ।
मास्टर साहेब निम्नमध्यम किसान परिवारमा हुर्कनु भएको थियो । सामन्ती उत्पीडन, त्यसका विरुद्ध मुक्तिको चाहना, पारिवारिक रुपमै विद्रोही चेतना र लामो समयदेखि धनुषामा चलिरहेको किसान विद्रोहहरुले उहाँमा क्रान्तिकारी चेतना प्रवाह गर्दै आएको देखिन्छ । जसको कारण किशोर अवस्थामा नै गाउँमा गठित कीर्तनमण्डलीमा बसेर सामन्ती थिचोमिचो विरोधी भजनहरु गाउनुहुन्थ्यो । अध्ययन सकेपछि बरमझिया प्राथमिक विद्यालयमा प्रधानाध्यापक भएर जनसेवा गर्नुभयो ।
२०२९ सालमा मास्टर साहेबको ऋषि देवकोटा ‘आजाद’सँग भेटभयो । त्यो भेट नै उहाँको जीवनको ऐतिहासिक घुम्ति थियो । त्यसपछि उहाँहरुबिचको यात्रा जीवनपर्यन्त जारी रह्यो । २०३० सालमा ‘बोनी आन्दोलन’ (कृषि मजदुरको ज्याला बढाउने सङ्घर्ष) भएपछि व्यवस्था विरोधी भन्दै उहाँलाई गिरफ्तार गरेर जलेश्वर जेलमा ६ महिना कैद गरियो । जेलबाट रिहा भएलगत्तै आजादबाट उहाँले ने. क. पा. (चौथो महाधिवेशन)को पार्टी सदस्यता लिनुभयो । त्यसलगत्तै उहाँले कमला नदी किनारमा रहेको १२ बिघा जग्गा सुकुम्बासीलाई वितरण गर्ने सङ्घर्षको नेतृत्व गर्नुभयो । यस्ता अनेकौं किसान सङ्घर्षबाट अत्तालिएको पञ्चायती सरकारले २०३४ सालमा उहाँलाई फेरि गिरफ्तार ग¥यो । मण्डलेहरुले आँखाको तारो बनाइरहेको कारण २०३५ सालमा उहाँ पूर्णकालीन कार्यकर्ता बन्नुभयो ।
२०३५ साल पुष १ गते पुनः गिरफ्तार हुनुभएका मास्टर साहेब २०३७ बैसाख ५ गते रिहा हुनुभयो । पार्टीले जनमत सङ्ग्रह धोका भन्दै बहिष्कार गरेको थियो । मतदानको अघिल्लो दिन उहाँलाई गिरफ्तार गरेर बेपत्ता पा¥यो । जनमत सङ्ग्रहमा धाँदली गरेर पञ्चायतको जीत घोषणा गरियो । त्यसपछि मण्डले आतङ्क झन चरम बनेर गयो । वन तस्कर, जमिन्दार, मण्डले मन्त्री हेमबहादुर मल्लको ज्यादती चरम भएर गएको थियो । मल्लका लठैतहरुले मास्टर साहेबको घर लुटपाट गरे । परिवारका सदस्यलाई कुटपिट गरे । मास्टर साहेब त्यसदिन घरमा नभएकोले बाँच्नुभयो । २०४२ सालमा बरमझियामा एकजना व्यक्ति विष सेवन गरेर मरेका थिए । त्यसको दोष लगाएर बरमझियाका प्रधानपञ्चले उहाँलाई हात–गोडा भाँचेर आफ्नै घरमा थुनेर राखे । त्यसबेला मण्डलेहरुले पञ्चायत विरोधीलाई प्रहरी चौकीमा नै गएर पिट्ने, कैयौं दिन आफ्नै घरमा थुन्ने, यातना दिने आमरुपमा गरिन्थ्यो । अवस्था नाजुक बन्दै गएपछि उहाँलाई उपचारार्थ मण्डलेहरुले जनकपुर लगेको बेला उहाँले दुश्मनको घेरा तोड्न सफल हुनुभयो ।
२०४२ सालमा तत्कालीन नेकपा (मशाल) विभाजित भएपछि उहाँ मशालतिर रहनु भयो । २०४५ सालको किसान आन्दोलनमा पनि उहाँको अग्रणी भूमिका थियो । पञ्चायती व्यवस्थाको विरुद्ध जनआन्दोलन चर्किरहेको बेला २०४६ जेष्ठ ६ गते उहाँलाई पुनः गिरफ्तार गरियो । बहुदलीय व्यवस्था पुनर्बहाली हुनासाथ काङ्ग्रेस–एमाले सरकारले तराईमा आफ्नो प्रभाव कमजोर होला भन्ने त्रासले गर्दा मास्टर साहेबको झूठा मुद्धा खारेज गर्न मानेनन् । जबकि पुर्तिघाट बैङ्क कारबाहीका राजबन्दीहरु फणिन्द्र आचार्य (भैरहवा जेल), धनीराम महतो र तारापति पौडेल (पाल्पा जेल)बाट रिहा भइसकेका थिए । व्यापक जनदबावपछि २०४९ सालमा मात्र उहाँलाई रिहा गरियो ।
जेलबाट छुटेलगत्तै मास्टर साहेबले फेरि किसान आन्दोलनको नेतृत्व गर्न थाल्नुभएको थियो । उहाँले पटेघाको साढे दुईसय बिघा जग्गा सुकुम्बासीलाई बाँड्नुभयो । २०४८ सालमा एकता महाधिवेशन (जसलाई कालान्तरमा पाँचौं महाधिवेशन मानियो) भएपछि जनयुद्धको तयारीले तीव्रता पायो । देशैभरी सिज अभियान, भुलगाजस्ता अभियानहरु चलिरहेका थिए । जनपरिचालनको साथसाथै ग्रामिण वर्ग सङ्घर्षले गति लिँदै थियो । सरकारी ज्यादतीको विरुद्ध २०५१ भदौ १ गते नेपाल बन्द थियो । त्यसको सफलताको लागि उहाँ जनपुरधाम जानुभएको थियो । सो कार्यक्रम सकेर भदौ २ गते उहाँ बसमा घर फर्किंदै हुनुहुन्थ्यो । मकैबारीमा लुकेर बसेका प्रहरी र काङ्ग्रेसी गुण्डाहरुले उहाँलाई पिट्दै बसबाट ओरालेर हत्या गरे । त्यसबेला उहाँ पार्टी र संयुक्त जनमोर्चा दुवैको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
मास्टर साहेब आवेगमय क्रान्तिकारी चेतनाका बाहक हुनुहुन्थ्यो । उहाँमा परिवर्तनको चाहना र तीव्र हुटहुटी उद्वेलनकै स्थितिमा हुन्थ्यो । चिलीका प्रसिद्ध कवि पाब्लो नेरुदाले ‘उद्वेलनको स्थिति व्यक्तित्वको स्थिति हो’ भन्नुभएको छ । उहाँ लेखक, कवि, गायक, बहुमुखी प्रतिभाको धनी हुनुहुन्थ्यो । ‘पेरु में लालझण्डा फहरारे’ मैथिली भाषाको उहाँद्वारा सृजित गीत निकै लोकप्रिय थियो । उहाँको कवि, गायन, लेखन ‘व्यक्तित्व र कृतित्व’को अलग्गै छलफल गर्नुपर्ने आवश्यकता छ ।
पचासको दशकमा सिराहा र धनुषामा मास्टर साहेब र क्रान्तिकारी आन्दोलनको प्रवाह तीब्ररुपमा बढ्दै थियो । उहाँको क्रान्तिकारी शैलीले जमिनदार र प्रशासन क्रुद्ध बन्दै गएका थिए । उनीहरुले ‘दमन र लालच’ दुवै अस्त्रले मास्टर साहेबलाई तह लगाउन नसकिने निष्कर्ष निकालेका थिए । दलाल बन्न नचाहनेलाई हत्या गर्ने तराईका जमिनदार प्रशासनको परम्परा नै हो । कुमार पौडेलको हत्यासम्म त्यही रणनीतिको निरन्तरता देखिन्छ । त्यही कारण उहाँको हत्या भयो । तराई–मधेसका साँस्कृतिककर्मी तथा राजनीतिक विश्लेषक रोशन जनकपुरी भन्छन्, “यस हत्यामा प्रशासन र जमिनदार वर्गका साथै काङ्ग्रेसका केन्द्रीय नेताहरुसमेत सामेल रहेको कुरा माओवादीहरुले आरोप लगाउँदै आएका थिए । ती अभियुक्तहरुले सजाय भोगिरहेकोबाट थाहा हुन्छ, काङ्ग्रेसका स्थानीय कार्यकर्ताहरुको सङ्लग्नता । यस हत्याको आरोपको केही छिटा त तत्कालीन एमालेको स्थानीय नेताहरुप्रति पनि माओवादीहरुले लगाएका थिए ।” घटनालगत्तै जनताले प्रहरी चौकी घेराउ गरे । हजारौं जनता उहाँको अन्तिम श्रद्धञ्जली दिन शव जुलुसमा भाग लिए । विश्व भरिका भाइचाराहरुले श्रद्धाञ्जली अर्पण गरेबाट उहाँको लोकप्रियता झल्कन्छ ।
मास्टर साहेबले परिवारलाई क्रान्तिकारीकरण गर्नुभएको थियो । उहाँको जीवन–सङ्गिनी, छोरी र छोरा जनयुद्धमा पूर्णकालीन कार्यकता भए । छोरा शेखर यादव ….. जनयुद्धमा सहिद हुनुभयो । उहाँको जीवन अनुकरणीय थियो । अन्यथा त्यसप्रकारको लोकप्रियता सम्भव थिएन ।
आज परिस्थिति फरक भएको छ । मास्टर साहेबको स्मृति दिवसलाई देश, श्रमजीवी जनता र विश्व सर्वहारा वर्गको लागि प्रेरणाको स्रोत बनाउने गरिन्थ्यो । दलाल पुँजीवादले भेला (जात्रा–पर्व)को रुपमा रुपाकृत, विद्रुपीकरण गर्दै गएको छ । मेला–जात्रा जनसङ्घर्षको मोर्चा होइन । मेलामा सहभागीको उद्देश्य र अवस्था पनि एउटै हुँदैन । दलाल पुँजीपतिहरु जगेडा सामान बेच्न गौंडो कुरेर बसेका हुन्छन् । बबुरा जनता आस्था र जीवन निर्वाहको कुटिरो बोकेर आएका हुन्छन् । उनीहरु अर्थात् दलाल पुँजीवादको पाउमा लम्पसार प्रचण्डहरु मास्टर साहेबप्रतिको सहानुभूति र आदर्शलाई चिनियाँ पुँजीपति वर्गले बिल क्लिन्टनकी प्रमिका लेवेनेस्कीको फोटो र नामको कण्डम बनाएर बेचेझैं मास्टर साहेबलाई चुनावी स्वार्थमा विनिमय गर्न चाहन्छन् । कति भयानक अपराध हेरेर बसिरहेका छौं हामी ! यस्तो अपराध हेरेर बाँच्नुभन्दा त जुद्ध शमशेरको अगाडि आत्महत्या गर्नु श्रेष्ठकर हुन्छ ।
मास्टर साहेबले २०३९÷०४० सालतिर तत्कालीन नेकपा (माले) हाल एमालेरुपी संशोधनवादको विरुद्ध ‘पहिरलन नवका चूडी–साडी झापाली नौजवान’ गीत लेख्नुभएको थियो । झापाली युवाहरुले चुरा, साडी लगाएभन्दै गीत गाउने मास्टर साहेबले जीवनपर्यन्त संशोधनवाद भन्नुभएको एमालेमा नै प्रचण्डको विसर्जन भएको छ । वस्तुप्रतिको धारणा परिवर्तन गर्न वस्तुमा, उसको गुणमा परिवर्तन भएको हुनुपर्छ । मदन भण्डारीकृत बहुदलीय जनवाद नामको दलाल पुँजीवादको रुप र गुण यथावत छ र झन्झन् पतनतिरै छ । एमालेरुपी वस्तु उही छ, उस्तै छ तर त्यसलाई हेर्ने प्रचण्ड–दृष्टि परिवर्तन भएको छ । मास्टर साहेबलाई दलाल पुँजीवादले अकर्षक ‘ट्रेड मार्क’ बनाउन खोज्दैछ । त्यसकारण मास्टर साहेबलाई गल्लाको कोठीतिर घिसार्ने षडयन्त्र तथा अपराधकर्मीबाट रक्षा गर्नु नै सहिद रामवृक्ष यादवप्रतिको सच्चा सम्मान हो ।
२०७७/०५/०२


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।