२१ बैशाख २०८१, शुक्रबार

दार्शनिक मिकिया भेली र अमेरिका–अरब तनाव

0

चर्चित दार्शनिक निकोलोकेविया भेली (१४६९–१५२७) इटाली निवासी थिए । उनका विचारहरूले अहिले पनि युरोप र अमेरिकालाई दिशानिर्देश गरिरहेका छन् । जसको कारण उनका विचारको अध्ययनले पश्चिमी जगतलाई बुझ्न सहज हुन्छ । “राजदूतको काम आफ्नो प्रतिद्वन्द्वी राष्ट्रमाथि शासन स्थापना गर्नु होइन; प्रतिद्वन्द्वी वा आमन्त्रित राज्यका उच्च वर्गसँग विश्वासको वातावरण बनाउनु हो । प्रतिद्वन्द्वी राष्ट्रसँग विश्वास गुमाउनु भनेको सूचनाको स्रोत गुमाउनु हो ।” मेकियाभेलीले भनेका थिए । उनको सिद्धान्त थियो–
१) जोसँग शक्ति छ, त्यो सधैं सही हुन्छ । कमजोर सधैं गलत हुन्छ ।
२) साध्यले साधनलाई औचित्य प्रमाणित गर्दछ ।
३) जुन उद्देश्य धोकाको माध्यमले प्राप्त गर्न सकिन्छ, त्यसलाई बल प्रयोग गरेर जित्ने प्रयास कहिल्यै गर्नु हुँदैन ।
४) शक्तिलाई श्वास फेर्ने मौकाको रूपमा मात्र लिनुपर्छ । जसले सैन्य योजना कार्यान्वयनको क्षमता बढाउने मौका दिन्छ ।
५) कुनै पनि शासक राजकुमारसँग युद्धबाहेक अर्को कुनै उद्देश्य हुनु हुँदैन । किनभने शासकबाट अपेक्षित कला युद्ध मात्र हो ।
६) हराउनुभन्दा माया गर्नु राम्रो हो वा माया गर्नुभन्दा डराउनु राम्रो हो । प्रेम र डर एकसाथ हुन नसक्ने हुनाले प्रेम गर्नुभन्दा डराउनु धेरै सुरक्षित छ ।
७) शासकले एकै पटक सबै र सधैंका लागि सताउनै पर्दछ ।
चौधौं र पन्ध्रौं शताब्दिका दार्शनिक मेकियाभेलीको दर्शनबाट हिटलर र मुसोलिनी सबैभन्दा बढी दीक्षित थिए । भारतको आरएसएस यसै सिद्धान्तमा अडेको छ । भनिन्छ, युरोप–अमेरिकालाई आज पनि मेकियाभेलीले निर्देशित गरिरहेका छन् । उनको पुस्तक ‘द प्रिन्स’लाई राजनीतिशास्त्रको पहिलो कृति मानिन्छ । मेकियाभेलीको मृत्य भएको ५ वर्षपछि उक्त कृति १५३२मा प्रकाशित भएको थियो । उनी नैतिकवान र दयालु थिए । तर उनले भावना र कोरा कल्पनामा होइन भौतिकवादी ढङ्गले समाजको व्याख्या गरेका थिए ।
पश्चिमी कुटनीतिको मूल–मर्म भनेको आफूले गरेको काम सही वा गलत जे भए पनि आफ्नो देशको हितमा हुनुपर्छ भन्ने अझै रहेको छ । जसको कारण अरब–अमेरिका तनाब बढ्दै गएको छ । सन् २०१६मा साउदी अरबियाका प्रख्यात सिया मौलवी (निम्रअल निम्र)लाई साउदी अरबियाले मृत्युदण्ड दिएपछि इरानमा रहेको साउदी अरबियाको दूतावासमा सुन्नी समुदायद्वारा आक्रमण भयो । त्यो काण्डमा सरकारको उक्साहट रहेको आरोप साउदी अरबियाको थियो । त्यसपछि साउदी अरयिबा र इरानको सम्बन्ध बिग्रियो । साउदी अरब अमेरिकी सैन्य गुटको देश हो । अरब–अमेरिका सम्बन्धका समस्याहरू निम्न रहेका छन्–
१) १९७३मा अरब तेल नाकाबन्दीमा साउदी अरब संलग्न थियो ।
२) ११ सेप्टेम्बर २००१मा अमेरिकाको जुम्ल्याहा भवनहरूमा आक्रमण गर्ने व्यक्ति साउदी अरबका नागरिक हुनुले अमेरिका चिढिन पुग्यो ।
३) सन् २०१०मा ‘अरब वसन्त’ भनिने आन्दोलनको प्रायोजक अमेरिका मानिन्छ । जसले गर्दा साउदी अरब चिढियो ।
४) ३० वर्षदेखि अमेरिकी गुटमा रहेको इजिप्टका राष्ट्रपतिलाई २०११को ‘अरब वसन्त’ विद्रोहबाट बचाउन अमेरिकाले प्रयास नगरेपछि अरबका अमेरिकी साझेदारमा अमेरिकाप्रति अविश्वास चुलियो ।
५) २०१३मा इरान र अमेरिकाको बिचमा गोप्य सम्झौता भयो । त्यो सम्झौता सार्वजनिक भएपछि साउदी अरबसहित अमेरिकी गठबन्धन झस्कियो ।
६) २०१५मा इरान र जर्मनीसहित सुरक्षा परिषदका ५ देशहरूबिच आणविक उर्जा सम्झौता सम्पन्न भएपछि अरब जगत चिढियो । अपमानित महसुस ग¥यो ।
७) २०१९मा अरबका तेल खानीमा ड्रोन–हमला भयो । डोनाल्ड ट्रम्पले मद्धत गर्नुको सट्टा ‘साउदीमा आक्रमण हो, अमेरिकामा होइन’ भनेपछि साउदी अरबले अमेरिकाको विकल्प खोज्न थाल्यो ।


८) २०२१मा अरब देशहरूसँग सम्पर्क नगरी अफगानिस्तानबाट अमेरिकी सेना फर्किएपछि अमेरिकाप्रति चरम अविश्वास भयो र विकल्प खोज्न थालियो । त्यसक्रममा इरान–अरेबिया शान्ति तथा मैत्री सन्धि सम्भव भयो ।
अरब जगतले चीन र रूसलाई विकल्पमा सुरक्षा साझेदार बनाएका छन् । आज अरबको तेल र ग्याँस आपूर्ति युरोपभन्दा पूर्वी एशियातिर बढेको छ । २०२२ डिसेम्बरमा चीनका राष्ट्रपति साउदी अरबको भ्रमणमा गए । आपसी लगानी सम्झौता भयो । सन् २०२०–२०२२ दुई वर्षमा दुई देशबिच ५ पटक शिर्ष तहमा वार्ता भयो । इरान–साउदी अरब तनाव मत्थर पार्न चीनले मध्यस्थता ग¥यो । जसको प्रभाव रूस–युक्रेन युद्धमा पनि देखापरेको छ । साउदी अरब र संयुक्त अरब इमिरेट्स रूस–युक्रेन युद्धमा तटस्थ बसेका छन् । यसलाई अरबमा अमेरिकी पराजयको रूपमा हेरिएको छ ।

स्राेत: जनपत्रिका चाैथाे अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।