१४ मंसिर २०८१, शुक्रबार

कविता :रामाराेशन

0

रामाराेशन तिमी किन
उदास – उदास मलिन छौ ?
मैले तिम्रा घरका आँगनहरु
छाना ,गाेठ र चाैताराहरु
बारी ,कात्ला र दाेबाटाहरु
खेत, नाङ्गला, छिमेकहरू
टाेलाइरहेकाे देखे
तिम्रा, पातल- नेटाकाेट
चाैका र तडिगैरा
गुमनाम बसिरहेछन
सैनी तिमीलाई के भाे ?
अल्लेडी भन न भन ?
हतास हतास झै
गरिरहन्छौ
रामाराेशन ••
मैले
तिम्रा घर घर बाट
छापामार जन्मेकाे देखेकाे छु
मैले आगन आगनबाट
बिद्रोह सल्केको देखेकाे छु
राताे झन्डा फहराउने
बिशाल छाती देखेकाे छु
किनिमिनीकाे काखमा
जनसैन्य मार्चपास गर्दै
बलिदानकाे बीरता
काेरिएकाे देखेकाे छु
रामाराेशन •••
तिमी जनयुद्धमा कसियाैं
मृत्युका पर्चाहरुमा
हस्ताक्षर गरेर
पिली, मंगलसैन र बेनीमा
लड्दा लड्दै बिजय भयाै
खारा र गणेशपुरमा
छातीमा गाेली थाप्याैं
तिमी लडिरह्यौ
तिमी जुधिरह्यौ
तिमीले माेर्चा कसिरह्यौ
तिम्राे इतिहास रगतले लेखिएको छ
रामे लामापाडा सधैं सधैं बाँचिरहने छ
राेशन सिंदुरे सधैं सधैं चम्किरहने छ
तिम्रो आगनमा पाेखिएका
रगतका फाल्साहरु
तिम्रो काखमा चिर निद्रा
सुतेका सहिदहरु
गाेलीले छिया छिया
बनाएका घरहरुमा
म इतिहासकाे गित
गाउँदै आउने छु !


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।