५ आश्विन २०८१, शनिबार

नेकपा राप्ती ब्युरोले नेपाली विशेषताको समाजवादका लागि अभियान चलाउने

0

दाङ: नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको बैठक सम्पन्न भएको छ ।
आइतबार घोराहीमा सम्पन्न बैठकले नेपाली विशेषताको समाजवादका लागी विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले समाजवादी मोर्चाका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सम्पुर्ण पार्टीपंक्तिलाई परिचालन गर्ने, समाजवादका पक्षधर सबै शक्तिसँग सहकार्य गर्ने, युवा पुस्ताको नयाँ सोचलाई समाजवाद निर्माणमा रुपान्तरण गर्न युवा विद्यार्थी विशेष अभियान सञ्चालन गर्ने, श्रम संस्कृतिलाई व्यापक बनाउने, आत्मनिर्भर उत्पादन अन्तर्गत रोपन गरिएका धानबाली लगाएतका बालीहरुको विशेष हेरचाह गर्ने, पहिलो ६ महिने आवाधिक योजना सफल पार्न विभिन्न सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिने लगाएतका निर्णय गरेको छ ।

नेकपाका राप्ती ब्युरो इन्चार्ज सविनको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथि नेकपाका पोलिटब्युरो सदस्य शितल सी रहेका थिए ।

बैठकमा उपस्थित ब्युरो कमिटीका सदस्यहरुले नेकपा पूर्वी दाङले सन्चालन गरेको सी कृषि फर्ममा रहेको धान उत्पादन केन्द्रको अनुगमन/निरीक्षण समेत गरेका थिए ।

ब्युरो बैठक लगत्तै ब्युरो अन्तर्गतका सबै जिल्लाका बैठकहरु बस्ने कार्यतालिका रहेको नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।