५ आश्विन २०८१, शनिबार

नेकपा स्थायी समिति बैठक सम्पन्न, एमसीसी विरुद्ध संघर्ष गर्ने

0

काठमाडौँ: भदौ १४ गतेदेखि एमसीसी लागु गर्ने प्रपञ्च भइरहेको बेला विप्लव नेतृत्वको नेकपाले एमसीसी विरुद्ध संघर्षमा जाने निर्णय गरेको छ । आज अपरान्ह ४ बजे काठमाडौँको बुद्धनगरस्थित सम्पर्क कार्यालयमा भएको स्थायी समितिको बैठकले एमसीसीको विरुद्ध प्रतिरोध संघर्षमा जाने निर्णय गरेको हो ।

भोलि बिहान बस्ने समाजवादी मोर्चाको बैठक र सरकारको औपचारिक धारणाको माग गरेर भोलि नै संघर्षको कार्यक्रम घोषणा हुने जानकारी नेकपा स्थायी समिति सदस्य तथा प्रचार विभागका इन्चार्ज अनिल विरही सीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।