५ आश्विन २०८१, शनिबार

एमसीसी कार्यान्वयनविरूद्ध भित्तेलेखनलाई तीब्र पार्दै नेकपा उपत्यका ब्युरो

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी, उपत्यका ब्युरोले भित्तेलेखनलाई तिब्र पारेको छ । नेकपाकाे केन्द्रीय कार्यक्रम अनुसार उपत्यका ब्युरो अन्तर्गतका जिल्लाहरूले एमसीसी कार्यान्वयनविरूद्ध भित्तेलेखनलाई तीब्र पारेका हुन् ।

उनीहरूले ‘नाे एमसीसी, नाे एसपीपी, गाे ब्याक अमेरिका, नेकपा जिन्दावाद’ लगायतका नाराहरूले‌ भिता रङ्ग्याएका छन् । नेकपा भक्तपुरले सानाेथिमी, जगाती, मध्यपुर थिमी लगायतका सार्वजनिक स्थानहरूमा भित्तेलेखन गरेकाे छ ।

ललितपुर जिल्लाले लगनखेल, जाउलाखेल लगायतका सार्वजनिक स्थानहरूमा भित्तेलेखन गरेकाे छ भने नेकपा काठमाडौंले एमसीसी प्रभावित क्षेत्र लब्सिफेदी, साँखु, थली, दक्षिणकाली, कीर्तिपुर लगायतका सार्वजनिक स्थानहरुमा भित्तेलेखन गरेकाे नेकपा उपत्यका ब्युरो इन्चार्ज कृति सीले बताए ।

नेकपा महासचिव विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसी कार्यान्वयनविरूद्ध चरणबद्ध आन्दाेलनका कार्यक्रम घाेषणा गरेका थिए । साेही कार्यक्रम अनुसार नेकपा उपत्यकाका जिल्लाहरूको भित्तेलेखन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।