१४ मंसिर २०८१, शुक्रबार

समाज‌वादी गणतान्त्रिक सम्पर्क मञ्चले गर्यो एमसीसीे विरुद्ध पुत्ला दहन

0

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध समाज‌वादी गणतान्त्रिक सम्पर्क मञ्चले राष्ट्रघाती एमसीसी विरुद्ध पुत्ला दहन गरेको छ । नेकपाको केन्द्रिय निति अन्तर्गत देशव्यापी रुपमा राष्ट्रघाती एमसीसीको पुत्ला दहन गर्ने कार्यक्रम अन्तर्गत समाज‌वादी गणतान्त्रिक सम्पर्क मञ्चले काठमाडौंमा पुत्ला दहन गरेको हो ।

रत्न सीको नेतृत्वमा भएको पुत्ला दहन कार्यक्रम सयौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । ज्ञानेश्वर चोकमा भएको पुत्ला दहन कार्यक्रममा गो ब्याक एमसीसी, नो नट एमसीसी, गो ब्याक अमेरिका लगाएतका नारा सहित सोहि नारा लिखित एमसीसीको सांकेतिक पुत्ला बनाएर दहन गरिएको थियो । यही भाद्र १४ गते नेपाल सरकारले एमसीसी कार्यन्वयन गर्ने तयारी गरेपछि नेकपाले यसको विरुद्धमा चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।