५ आश्विन २०८१, शनिबार

नेकपा सल्यानद्वारा राष्ट्रघाती एमसीसीविरुद्ध प्रदर्शनसहित पुत्ला दहन

0

सल्यान: नेपाल कम्युनिस्ट पार्टी सल्यानले राष्ट्रघाती एमसीसीकाे विरुद्धमा प्रदर्शन गरेर एमसीसीकाे पुत्ला दहन गरेको छ । हालै घाेषणा भएकाे पार्टीकाे केन्द्रीय संघर्षका कार्यक्रम अन्तरगत नेकपा सल्यानले विरोध प्रदर्शनसहित एमसीसीकाे पुत्ला दहन गरेको हाे ।

नारा जुलुससहित प्लेकार्ड बाेकेर जिल्ला सदरमुकाम खलंगाकाे सार्वजनिक बसपार्कमा जम्मा भएका नेकपाका नेता कार्यकर्ताहरुले अपरान्ह ४ बजे राष्ट्रघाती एमसीसीकाे विराेध प्रदर्शन गरेर काेणसभा गरेका थिए । काेणसभालाई पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला इन्चार्ज भीम भारती सीले सम्बाेधन गरेका थिए ।


काेणसभालाई सम्बाेधन गर्दै जिल्ला इन्चार्ज भीम भारती सीले आधुनिक जमानामा नेपाललाई अमेरिकी साम्राज्यवादकाे क्रिडास्थल बनाउने राष्ट्रघाती एमसीसी नेपाल र नेपालीलाई कदापि स्विकार्य नहुने बताए । नेपाली जनतालाई २१औं शताब्दीमा अमेरिकी साम्राज्यवादकाे दास बजाउने हिन्द प्रशान्त सैन्य रणनीति र उद्देश्यका साथ एमसीसी नेपालमा आएकाे स्मरण गराउँदै उनले भने, ‘एमसीसी देखाएर साम्राज्यवादी अमेरिकाले नेपालमा आफ्ना सैन्य अखडा स्थापना गर्न चाहन्छ ।’
कुनै देशले नेपाललाई आर्थिक सहयोग गर्न चाहन्छ भने निसर्त रुपमा सहयोग गर्नुपर्ने भन्दै आफ्नो पार्टी विदेशी सहयोगकाे निरपेक्ष विराेधी नभएको उनले स्पष्ट पारे ।
विराेध प्रदर्शन र काेणसभापछि नेकपा सल्यानले एम सी सीकाे पुतला जलाएको थियो । प्रदर्शन पछिकाे काेणसभालाई विद्यार्थी नेता, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा राप्ती व्युराे इन्चार्ज र सल्यान बहुमुखी क्याम्पसका स्ववियु सचिव राजेन्द्र खड्काले संचालन गरेका थिए ।


विरोध प्रदर्शन, काेणसभा तथा पुत्ला दहन कार्यक्रममा पार्टीका जिल्ला सचिव मदन चन्द सी, अर्का जिल्ला सचिज वीर बहादुर सी, युवा संगठन नेपालकाे केन्द्रीय सचिवालय सदस्य तथा सल्यान जिल्ला अध्यक्ष प्रकाश गिरि सी, पार्टीका जिल्ला सचिवालय सदस्य सन्ताेष सी, जिल्ला सदस्य राम बहादुर सी, जिल्ला समिति सल्लाहकार पिमलाल सी, लगायतका नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।