५ आश्विन २०८१, शनिबार

एमसीसीको विरोध प्रदर्शनबाट कञ्चनपुरबाट नेकपाका दुईजना पक्राउ

0

कञ्चनपुर: कञ्चनपुरबाट विप्लव नेतृत्वको नेकपाका दुईजना नेताहरु पक्राउ परेका छन् । बिहीबार जिल्लाको महेन्द्रनगरमा एमसीसी विरुद्धको विरोध प्रदर्शन गरिरहेको बेला प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज ललित सी र युवा संगठन नेपाल महाकाली ब्युरोका इन्चार्ज हर्क सीलाई प्रहरीले पक्राउ गरेको हो । अहिले नियन्त्रणमा लिएर उनीहरूलाई महेन्द्रनगर वडा प्रहरी कार्यालयमा राखेको वडा प्रहरी कार्यालयले जनाएको छ ।

शान्तिपूर्ण तरिकाले राष्ट्रघाती सम्झौता एमसीसी विरुद्ध विरोध प्रदर्शन गरिरहेको बेला यसरी प्रहरीले हस्तक्षेप गरेकोप्रति नेकपा कञ्चनपुरले खेद प्रकट गरेको छ । देशमा अशान्ति मच्चाउने गरी राष्ट्रको हित विपरितको सम्झौता एमसीसीको विरोध गर्दा पार्टीका नेताहरुमाथि हस्तक्षेप हुनु गलत रहेको नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सीले बताए । उनले भने,“हाम्रो पार्टीका नेताहरुलाई निःशर्त रिहा नगरे पार्टी थप आन्दोलनमा उत्रने निश्चित छ ।”

नेकपा केन्द्रीय समितिले देशैभरि एमसीसी विरुद्धका चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।