२३ भाद्र २०८१, आईतवार

एमसीसी प्रतिरोधात्मक आन्दोलनद्वारा खारेज गराउने पुर्वी ताम्सालिङ ब्युरोकाे निर्णय

0

 

नेपाल कम्युनिस्ट पार्टी पूर्वी ताम्सालिङ ब्युराेकाे चाैथाे पूर्ण बैठक सम्पन्न भएको छ । ब्युराे इन्चार्ज तथा केन्द्रीय सदस्य विकल्प सीकाे अध्यक्षतामा पार्टीको केन्द्रीय सल्लाहकार समिति सदस्य यादव सी आतिथ्यमा काभ्रेको धुलिखेलमा बैठक सम्पन्न भएको हाे ।


ब्युराेकाे बैठकले राष्ट्रघाती एमसीसी परियोजनालाई नेपाली जनताको बलमा र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा प्रतिरोधात्मक आन्दोलन गर्ने र त्यस आन्दोलनको बलमा खारेज गराउने महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकले नेपाली विशेषताकाे समाजवादका लागि विशेष अभियान संचालन गर्ने तथा यस क्षेत्रमा रहेका समाजवाद पक्षधर सबै शक्तिहरुसँग सहकार्य गर्ने, युवा पुस्ताकाे नयाँ साेचलाई समाजवाद निर्माणमा रुपान्तरण गर्ने, युवा विद्यार्थी विशेष अभियान संचालन गर्ने, ब्युराे क्षेत्रमा श्रम संस्कृतिलाई व्यापक बनाउने, ‘उत्पादन गराैँ र आत्मनिर्भर उत्पादन बनाैँ, जनताकाे घरदैलाेमा नेकपा लगायत अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
ब्युराे इन्चार्ज विकल्प सीले पहिलो ६ महिने आवधिक याेजना सफल पार्न ब्युराे क्षेत्रमा सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिनु भयाे ।


केन्द्रीय समितिको बैठकबाट पारित राजनैतिक दस्तावेज वाचन भएपछि त्यसको सरल ढंगले ब्युरो इन्चार्जले दस्तावेजको सार, व्याख्या र संश्लेषण गर्नुभएको थियो । आगामी कार्ययोजनालाई तदारुकता साथ लागु गर्न सबै जिल्लाका इन्चार्ज, सेक्रेटरी र जवसहरुलाई निर्देशनात्मक मुलक प्रशिक्षण दिनुभएको थियो । चारै वटा जिल्लाका इन्चार्ज एवम् प्रतिनिधि सदस्यहरु र जिल्ला सेक्रटरीहरुको उपस्थिति रहेको थियो । बैठकमा ब्युराे इन्चार्ज विकल्प सीले आजकाे मुख्य चुनाैति भनेकाे भूमणडीकृत पुजीवाद बनेर आएकाे छ । आजकाे युवाकाे साेच ,वर्ग ,परिस्थिति नयाँ ठाउँमा आएकाे छ बताए ।साथै याे दाेस्राे आवधिक याेजनालाई सफल पार्न सबै जिल्ला ,जबस र माेर्चालाई निर्देशनात्मक भनाई राख्नु भयाे ।
नवौं केन्द्रीय समितिको चौथो पूर्ण बैठकबाट पारित राजनीतिक दस्तावेजले दिएको दिशानिर्देशनलाई पूर्वी ताम्सालिङ भित्र पर्ने जिल्ला, जवस र मोर्चाहरुमा अक्षरस कार्यान्वयन गर्ने र गराउने प्रतिबद्वतासहित बैठक सम्पन्न भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।