१२ श्रावण २०८१, शनिबार

इन्जिनियरिङमा शुल्क बृद्धि फिर्ताको माग गर्दै समाजवादी मोर्चाका विद्यार्थी अनशनमा

0

काठमाडौं: समाजवादी मोर्चा निकटका विद्यार्थीहरू इन्जिनियरिङमा भएको शुल्क बृद्धिको विरुद्धमा आमरण अनशनमा बसेका छन् ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क बृद्धि गरेको शुल्क फिर्ताको माग राख्दै आइतबारदेखि आमरण अनशन सुरु गरेका हुन् ।

अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष केशव रावल, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रेम सिंहले आमरण अनशन सुरु गरेका छन् ।

पुल्चोक स्थित इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) को डीन कार्यालयमा आमरण अनशन सुरु गरिएको हो ।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहका लागि तीन लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्‍याइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।