५ जेष्ठ २०८१, शनिबार

नेकपाद्वारा एमसीए कार्यलयमा विरोध प्रदर्शन, राष्ट्रघाती एमसीसी कार्यन्वयन गर्न नदिने उद्घोष

0

काठमाडौं: एमसीसी विरुद्ध चरणबद्ध आन्दोलनमा रहेको नेकपाले आज काठमाडौं दरबारमार्गस्थित रहेको एमसीए कार्यालय अगाडि घेराउ तथा विरोध प्रदर्शन गरेको छ ।

एमसीसी कार्यलय दरबारमार्गनजिकै आयोजित विरोध प्रदर्शनमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य शिलु सीले एमसीसी जस्तो गम्भीर राष्ट्रघाती सम्झौता कुनै हालतमा स्विकार्न नसकिने उद्घोष गरे ।


अमेरिकाले नेपाललाई राजनीति र फौजी क्रिडास्थल बनाउने उदेश्यले जबर्जस्ती लागु गर्न खोजेकोउनको जिकिर थियो ।

कार्यक्रममा नेकपाका विपिएम कृति सी लगायतले सम्बोधन गरेका थिए ।


उक्त एमसीसी विरुद्ध प्रदर्शनकाे नेकपा उपत्यका ब्युरो र जवस मोर्चाले कार्यक्रम आयोजना गरेका थिए ।


नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौता कार्यान्वयनविरुद्ध निरन्तर संघर्षकाे कार्यक्रम गर्दै आएको छ । यसअघि एमसीए, नेपालका प्रमुखकाे पुत्ला दहन, एमसीसी सम्झौता जलाउने, भित्तेलेखन लगायतका संघर्ष गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।