२३ बैशाख २०८१, आईतवार

एमसीसी परियाेजना विरुद्ध बृहत गाेष्ठि हुँदै

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीकाे आयाेजनामा काठमाडौँमा ‘एमसीसी परियाेजना कार्यान्वयनका विरुद्ध अन्तरक्रिया’ विषयक बृहत अन्तरक्रिया हुने भएकाे छ ।

नेकपाका महासचिव विप्लव सीकाे प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (एमाले) का नेता भीमबहादुर रावल, वरिष्ठ बुद्धिजीवी युवराज संग्राैला, बुद्धिजीवी डा.सुरेन्द्र भण्डारी, प्रेम सिंह बस्न्यात लगायत वक्ताहरुले आ-आफ्नो धारणा राख्ने छन् ।

साेमबार अपरान्ह १२:३० हुने साे कार्यक्रम जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ । साे महत्त्वपूर्ण र ज्ञानबर्द्वक कार्यक्रममा सहभागी भइदिन युवा, विद्यार्थी, बुद्धिजीवी र देशभक्त नागरिकलाई कार्यक्रममा नेकपा प्रचार विभागले सबैसँग अपिल समेत गरेकाे छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।