५ आश्विन २०८१, शनिबार

अमेरिका भत्ता खानेले एमसीसी पास गरेतापनि जनताले एमसीसी चाहदैनन्

0

अर्घाखाँची: नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्कमा राष्ट्रघाती एमसीसी परियोजनाका विरुदमा जनप्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ ।

जनप्रर्दशन कार्यक्रमलाई सम्वोधन गदै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज खेम सीले एमसीसी नेपाली जनताले नभई विदेशीको इशासरामा चल्ने शक्तिकेन्द्रका अमेरिकी भक्तहरूले पास गरेपनि कार्यान्वयन नहुने बताउदै  एमसीसीकाे विरुद्धमा आमजनता सडकमा आउनु पर्नेमा जोड दिदै देश रहे मात्रै यहाँका पार्टी रहने भन्दै पहिलो कुरा देश, राष्ट्र रहनु पर्नेमा ठूला हात्ती पार्टीहरु विदेशीको इशारामा चलेको भन्दै कुनैपनि हालतमा एमसीसी कार्यान्वयन नहुने बताए ।

एक फरक प्रसगंमा नेता माहुरीले नेपाली जनता स्वाधीनताको पक्षमा राष्ट्रियताको पक्षमा राम्रोसँग कदम चालेर विदेशी शक्तिकेन्द्रबाट नेपाललाई स्वाधीन राष्ट्रको अनुभूति दिलाउन सक्ने बताए ।

अर्घाखाँचीको सन्धिखर्कमा नेकपाले आयोजना गरेको जनप्रर्दशन कार्यक्रममा प्रहरीले उल्लेखनीय मात्रामा हस्तक्षेप गरी नेकपाका नेता तथा कार्यकर्तालाई लक्षारपक्षार गरी गिरफ्तार गर्न खोजेतापनि जनताको एमसीसी चाहिँदैन देश बेच्न पाइदैन ठूलो राष्ट्र नभई स्वाधीन राष्ट्रको अनुभूति दिलाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।