२६ पुष २०८१, शुक्रबार

एमसीसी विरुद्ध नेकपा कञ्चनपुरले गर्यो विरोध प्रदर्शन

0

कञ्चनपुर: नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले अमेरिकी परियोजना एमसीसीको विरोधमा प्रदर्शन गरेको छ । आइतबार जिल्लाको महेन्द्रनगरमा नेकपाले एमसीसीको खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।

कञ्चनपुर जिल्ला प्रशासन गेटबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गर्दै महेन्द्रनगरको भेटघाट चौतारीमा गएर कोण सभामा परिणत भएको थियो ।

उक्त विरोध कोण सभालाई सम्बाेधन गर्दै नेकपाका महाकाली ब्युरो इन्चार्ज समर सीले अमेरिकाले सहयोगका नाममा एमसीसीमार्फत नेपालमा सैन्य अखडा बनाउन लागेको बताए ।

उनले भने, “अमेरिकाले एमसीसी परियोजनामार्फत हाम्रो देशमा सैनिक क्याम्प राखेर चीनलाई घेराऊ गर्ने योजना छ ।” नेपालको सर्वोच्च कानुन संविधान भन्दा माथि हुने गरी एमसीसीको कानुन लागू हुने, एमसीसीको लेखा परीक्षण नेपालले नगरेर एमसीसी अन्तर्गत नै हुने, एम सीसीको बौद्धिक सम्पति उसकै हुने, नेपालमा एमसीसीले कुनै आपराधिक क्रियाकलाप गरेमा त्यसको सजाय उसकै (एमसीसी) कानुन अनुसार हुने लगायतका नेपालको राष्ट्रियता, स्वाधिनता र सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी बनेका एमसीसीका प्रावधानका कारण यो (एमसीसी) परियोजना हाम्रो देश र जनताको हितमा छैन, नेकपा नेता समरले भने । राष्ट्रको कानुन र संविधानको विरुद्ध रहेको एमसीसी खारेज हुनुपर्नेमा उनले जोड दिए । एमसीसीको खारेजीको लागि नेकपा निरन्तर विगतदेखि आन्दोलनरत रहेको र आगामी दिनमा पनि यसको कार्यान्वयन हुन नदिन निर्णायक भूमिका खेल्ने उनको भनाई छ ।

विरोध प्रदर्शनमा बोल्दै नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सीले पनि एमसीसीलाई राष्ट्रघातीको संज्ञा दिँदै एमसीसी सहयोग नभई अमेरिकाको सैन्य रणनीति रहेको बताए । एमसीसी परियोजना नेपालमा लागू हुन नदिन आफ्नो पार्टीले जुनसुकै कदम चाल्नु परेपनि त्यसको लागि तयार हुने उनको भनाइ थियो ।

उक्त विरोध कोण सभाको सञ्चालन नेकपा कञ्चनपुर जिल्ला सचिव राम सीले गरेका थिए भने विरोध प्रदर्शनमा नेकपा कञ्चनपुरका नेता कार्यकर्तासहितको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।