५ आश्विन २०८१, शनिबार

कास्कीमा एमसीसी विरुद्ध प्रदर्शन

0

कास्की: राष्ट्रघाती एमसीसी विरुद्ध नेपाल कम्युनिष्ट पार्टी कास्कीले विरोध प्रदर्शन सम्पन्न गरेको छ ।

पोखराको पृथ्वी चोकबाट सुरु भएको विरोध प्रदर्शन अमरसिंह चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।


कोणसभालाई सम्बोधन गर्दै नेकपा पिविएम तथा पश्चिम गण्डक ब्युरो इन्चार्ज आदर्श सीले सम्बाेधन गरेका थिए । उनलेे नेपाललाई राणभूमिमा परिणत गर्ने उद्देश्यले अमेरिकी साम्राज्यवाद एमसीसीको केही रकम माछाको चारो बनाएर आउन खोजेकाे बताए । नेपाली भूमिमा सैन्य व्यारेक राखेर भारत र चीनमाथि आक्रमण गरी आर्थिक र राजनैतिक रूपमा विश्वभरि एकछत्र राज गर्न चाहेकाे आराेप समेत लगाए । अब नेपालका राष्ट्रवादी शक्तिहरु एक भएर एमसीसी विरुद्ध एक भएर संघर्ष गर्नुपर्ने भनाइ राखेका थिए ।

कार्यक्रमको संचालन नेकपा प्रतिनिधि सदस्य एवम मध्य कास्की इन्चार्ज काजी सीले गरेका थिए । कार्यक्रममा पोलिट व्युरो सदस्य एवम् पश्चिम गण्डक व्युरो इन्चार्ज राजन सी, पश्चिम गण्डक व्युरो सदस्य बुलेट सी, नेकपा केन्द्रिय सदस्य एवम् पश्चिम् कास्की इन्चार्ज उभार सी, पश्चिम कास्की सेक्रेटरी परिवर्तन सी, मध्य कास्की सेक्रेटरी कुमार सी, पुर्वी कास्की सेक्रेटरी सोममाया सी, कास्की जिल्ला सेक्रेटरी प्रकाश सी लगायत महिला, युवा, किसान आदिकाे उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।