५ आश्विन २०८१, शनिबार

एमसीसी सम्झौता कार्यन्वयनका विरुद्ध झापामा बृहत् प्रदर्शन

0

झापा: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले एमसीसी सम्झौता कार्यन्वयनका विरुद्ध बृहत् विरोध प्रदर्शन गरेकाे छ ।

ब्याख्यात्मक टिप्पणीका नाममा राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गरेर नेपालको राष्ट्रिय स्वाधीनतामाथिको निर्मम प्रहार गरेको र अहिले कार्यनयन गर्न लागि परेको भन्दै विरुद्ध प्रदर्शन गरेको हो ।

झापाको विर्तामोडस्थित पश्चिम बस स्टेसनबाट जुलुससहित सुरु भएको विरोध प्रदर्शन मुक्ति चाेक इलाम स्टेसन हुँदै पुनः मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियोे । विरोधसभाकाे सञ्चालन पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय सीले गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले सम्बोधन गरेका थिए ।


सभालाई सम्बाेधन गर्दै सत्ताधारी दलहरूलाई राष्ट्रघाती एमसीसी सम्झौता कुनै हालतमा कार्यन्वयन नगर्न चेतावनी दिए । देशको सीमा अतिक्रमण, संसदीय पुँजीवादी राज्यसत्ताको समस्या भएको भन्दै यो व्यवस्था रहँदासम्म कहिल्यै समाधान नहुने दाबी गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान हुने उनले बताए ।

एमसीसी विरुद्धको आन्दोलन नेपालको स्वाधीनता रक्षाका लागि भएको बताउदै उनले कुनैपनि हालतमा एमसीसी कार्यन्वयन गर्न नदिने उद्घाेष गरे । पछिल्लो समय अमेरिकीहरुकै इशारामा एमसीसी कार्यन्वयन गराउने मौका छोपी धरानमा गाई गोरु काण्ड र प्रदेशको नामको विषयमा जनताको ध्यान केन्द्रीकृत गरेको र जनताले दलालहरुको षड्यन्त्र बुझ्नुपर्ने उनले बताए । विरोध सभामा बाेल्दै उनले सम्पूर्ण जनता एमसीसीकाे विरुद्धमा रहेकाले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न र यसको विरुद्ध हरेक जनताले घरघरबाट हतियार लिएर अमेरिकी साम्राज्यवाद विरुद्व निस्कनुपर्ने बताए ।

एमसीसी सम्झौता नेपालको हित विपरित भएको भन्दै यसलाई सिधै खारेज गर्नुपर्ने र एमसीसीमार्फत नेपाली जनतामाथि अमेरिकी बन्दुक लादिन खोजेको भन्दै आवश्यक परे यसका विरुद्ध बलिदान दिन तयार हुनुपर्ने र आफुहरु त्यसका लागि तयार रहेको बताए ।

कार्यक्रममा राष्ट्रघाती एमसीसी सम्झाैता खारेज गर !, राष्ट्रघाती दलालहरू होसियार, राष्ट्रिय स्वाधीनताकाे रक्षा गराै! लगायतका नारा लगाइएकाे थियोे । पछिल्लो समय नेकपाले झापासहित देशभर एमसीसीका विरुद्ध संघर्ष गरिरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।