५ आश्विन २०८१, शनिबार

एमसीसी कार्यन्वयनका विरुद्ध कपिलवस्तुमा पनि प्रदर्शन

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुमा पनि एमसीसी सम्झौता कार्यन्वयनका विरुद्ध विरोध प्रदर्शन गरेकाे छ ।

पश्चिम कपिलवस्तु चन्द्रौटास्थित पश्चिम खसि बजारबाट चोकसम्म जुलुससहित चोकमा आएर कोणसभामा परिणत भएको थियोे । विरोध सभाकाे सञ्चालन पार्टीका जिल्ला सचिव पाबेल सीले गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रयास सीले सम्बोधन गरेका थिए । सभालाई सम्बाेधन गर्दै सत्ताधारी दलहरूलाई राष्ट्रघाती एमसीसी सम्झौता कुनै हालतमा कार्यन्वयन नगर्न चेतावनी दिए ।

देशको सीमा अतिक्रमण र वैदेशिक हस्तक्षेप संसदीय पुँजीवादी राज्यसत्ताको समस्या भएको भन्दै यो व्यवस्था रहँदासम्म कहिल्यै समाधान नहुने दावी गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान हुने बताए ।

एमसीसी विरुद्धको आन्दोलन नेपालको स्वाधीनता रक्षाका लागि भएको बताउदै उनले कुनै पनि हालतमा एमसीसी कार्यन्वयन गर्न नदिने उद्घाेष गरे ।

समाजवादमा विदेशीलाई खेल्ने ठाउँ दिने छैनौँ भन्दै उनलेे भने,’हामी यो देशलाई बचाउन हजारौं जनाले पनि बलिदान दिन तयार हुनेछौँ । जिउदा जनता हाैँ भने देश बेच्न दिन हुँदैन ।’

कार्यक्रममा राष्ट्रघाती एमसीसी सम्झाैता खारेज गर ! , राष्ट्रघाती दलालहरू होसियार, Go back mcc,
राष्ट्रिय स्वाधीनताकाे रक्षा गराैँ ! लगायतका नारा लगाइएकाे थियोे । नेकपाले देशभर एमसीसीका विरुद्ध चरणबद्ध संघर्षकाे कार्यक्रम गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।