५ आश्विन २०८१, शनिबार

तीन दलद्वारा बुटवलमा एमसीसी विरुद्ध प्रदर्शन

0

बुटवल: नेपालको संसदद्वारा एमसीसी सम्झौता पारित भएर कार्यान्वयनको चरणमा प्रवेश गर्दैगर्दा त्यसका विरुद्धमा विरोधका कार्यक्रमहरु बढ्दै गएका छन् ।

आइतबार बुटवलमा विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी मशालले संयुक्त रुपमा विरोध विरोध प्रदर्शन गरेका छन् । बुटवलको ब्लडबैंक नजिकै जम्मा भएका नेताकार्यकर्तालाई प्रहरीले केही समय तितरबितर बनाउने कोसिस गरेको थियो । प्रहरी हस्तक्षेपका बाबजुत अमरपथबाट एमसीसी विरुद्ध नारा जुलुस लगाउँदै नयाँ बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।


कार्यक्रमका क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सचिव प्रेम सुवेदीले एमसीसी साम्राज्यवादी योजना अन्तर्गत नेपालमा भित्र्याइएको र यसले नेपालको स्वाधीनतामा प्रहार गरेको कुरा औंल्याउँदै सम्पूर्ण देशभक्त नेपाली एकजुट भएर खारेज गर्नुपर्ने बताए । उनले यो परियोजना खारेज नगर्ने हो भने मुलुक गंभिर संकटमा पर्ने भन्दै देशभक्तहरु एकजुट भएर यसका विरुद्ध संघर्ष गर्नुको विकल्प नरहेको बताए ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी रुपन्देही सेक्रेटरी विरेन्द्र सीले एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधानको ब्याख्या गर्दै नेपालको संविधान भन्दामाथि एमसीसी सम्झौता रहेको हुनाले त्यसलाई कुनैपनि हालतमा स्वीकार्न नसकिने बताए । उनले राष्ट्रिय स्वाधीनता र जनताको मुक्ति आन्दोलनमा आफ्नो पार्टी होमिएको स्मरण गराउँदै आवश्यक परे वैदेशिक हस्तक्षेप विरुद्ध स्वाधीनताको आन्दोलनमा होमिने र जनसममुदायलाई समेत लाग्न अपिल गरे ।
नेपाल कम्युनिस्ट पार्टी (मशाल) का प्रतिनिधि दिपक पौडेलले एमसीसी कुनै अनुदान नभई लगानी भएको र चीन विरुद्ध गतिविधि बढाउने अमेरिकी षडयन्त्र हो भन्दै अमेरेकी सैन्य रणनीतिको अङ्ग जुन असंलग्न परराष्ट्र नीति विपरीत छ त्यसलाई कार्यान्वयन हैन खारेज गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।