५ आश्विन २०८१, शनिबार

राष्ट्रघाती एमसीसीको कार्यान्वयन विरुद्ध बृहत अन्तरक्रिया कार्यक्रम सुरु

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा राष्ट्रघाती एमसीसी विरुद्ध बृहत अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सुरु भएको छ । काठमाडौँको राष्ट्रिय नाचघर जमलमा एमसीसी कार्यान्वयन विरुद्धको बृहत अन्तरक्रिया कार्यक्रम सुरु भएको हो ।


कार्याक्रमको संचालन नेकपा प्रवक्ता प्रकाण्ड सीले संचालन गरिरहेका छन् । उनले संचालनका क्रममा एमसीसी विरुद्ध देशभक्त शक्तिहरु एक भएर नयाँ क्रान्तिको मोर्चा खोल्नु पर्ने बेला आएको बताएका छन् । उनले सरकार र एमसीसी पक्षधर बिच र आगामी १३ गते सम्म एमसीसी सम्झौता कार्यान्वय गरी सक्नुपर्ने सम्झौता भएकाले त्यसलाई सबै राष्ट्रवादी, क्रान्तिकारी शक्तिहरुले ध्वस्त पार्नुपर्ने बताए ।


कार्यक्रममा एमसीसी विरुद्ध रचिएको क्रान्तिकारी गीत नेकपाका पोलिट व्यूरो सदस्य चिरन पुनले गाएर सुनाएका छन् । कार्यक्रम निरन्तर अगाडि बढिरहेको छ ।


कार्यक्रममा सहभागी हुने नेता तथा कार्यकर्ताहरुको भिड बाक्लो छ ।
अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा एमालेका नेता डा. भिम रावल, पूर्व न्याधिवक्ता युवराज संग्रौला, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला, पूर्व जनरल नेपाली सेनाका प्रेमसिंह बस्न्यात र बरिष्ठ बुद्धिजीवी डा.सुरेन्द्र भण्डारी लगायतका व्यक्तित्वहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।


नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेपमा राष्ट्रघाती तथा जनघाती एमसीसी सम्झौता नेपालमा कार्यान्वयनको लागि जवर्जस्त अगाडि बढेकाले त्यस विरुद्ध सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकै मञ्चमा उभिएर प्रतिवाद गर्नुपर्ने अवस्था आएकाले कार्यक्रमको आयोजना गरिएको नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।