९ कार्तिक २०८१, शुक्रबार

एमसीसीका दलालहरुलाई सिंहदरबारको कुर्सीबाट सडकमा फाल्नुपर्छ : कञ्चन

0

काठमाडौँ: क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले एमसीसीका दलालहरुलाई सिंहदरबारको कुर्सीबाट सडकमा फाल्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीसहित चार दलको आयोजनामा आज काठमाडौँमा भएको एमसीसी कार्यान्वयन विरुद्धको विरोध प्रदर्शनपछिको कोणसभालाई सम्वोधन गर्दै नेता कञ्चनले यस्तो बताएका हुन् ।
उनले संसदबाट पारित गरिएको व्याख्यात्मक टिप्पणी नाटक मात्र भएको भन्दै त्यो पनि अमेरिकी डिजाइनमा ल्याइएको बताए ।


नेता कञ्चनले चीन घेर्ने, आतंक मचाउने, भारतलाई नियन्त्रण गर्ने र नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले नेपालमा एमसीसी आएको बताए ।
उनले एमसीसीका कुनै पनि प्रावधान नेपालको हितमा नभएको भन्दै पूर्ण रुपमा खारेज गरिनुपर्ने तर्क गरे । नेपाली आमाको कोखमा विदेशी दलालहरु जन्मिएको बताउदै नेता कञ्चनले साम्राज्यवाद र उसका दलालहरु विरुद्ध संघर्षको विकल्प नभएको बताए । माईतिघर मण्डलावाट सुरु भएको विरोध प्रदर्शन ववरमहल नजिक पुगेर कोण सभाममा परिणत भएको थियो । नेपाल कम्युनिष्ट पार्टी,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र ऋषि कट्टेल नेतृत्वको नेकपा सहित चार दलको आयोजनामा विरोध प्रदर्शन भएको थियो । प्रदर्शनमा चारै दलका प्रमुख नेताहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।