२३ भाद्र २०८१, आईतवार

नेकपा नेता दीपक सी २७ दिनपछि रिहा

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका नेता दीपक सी रिहा भएका छन् । नेकपा उपत्यका व्युरो अन्तरगत काठमाडौं जिल्ला नम्बर १ का सदस्य तथा काठमाडौं महानगर सेक्रेटरी दीपक सी कामदार र कामदार मालिकबीचको विवाद मिलाउन जाँदा साउन २१ गते पक्राउ परेका थिए ।

काठमाडौं महानगर इन्चार्ज दीपक आज दिउसो २७ दिनको हिरासत बसाईपछि रिहा भएको नेकपा केन्द्रीय सदस्य भृकुटी सीले बताइन् । ज्ञानेश्वरमा अवस्थित एनआरके नामक जिम हलका मालिक नवराज कार्की र कामदार सुशिल सिवाकोटी बिचको लेनदेन मिलाउन गएका बेलामा दिपक बेपत्ता भएका थिए ।

ज्ञानेश्वरमा अवस्थित एनआरके नामक जिम हलका मालिक नवराज कार्की बिच लेनदेनमा विवाद परेको कुरा नेकपामा जानकारी भएपछि सहजिकरणका लागि मालिक नवराजसँग पटक पटक छलफल हुँदा पनि कामदारको लेनदेन भुक्तानी नभएपछि अन्तिम पटक फेरी स्वयम् नवराज कार्कीले नै छलफल गर्न दरबारमार्गको होटल अन्नपूर्णको गेटमा बोलाएर अपहरण शैलीमा पक्राउ गराएका थिए ।

दीपकलाई ‘अपराधिक लाभ’ शीर्षकमा प्रहरीले झुट्टा मुद्धा लगाएको थियो । उक्त मुद्धा अनुसन्धानबाट प्रमाणित गर्न नसकेपछि उनलाई आज रिहा गरेको अधिवक्ता चिरञ्जिवि ढकालले बताए । 

रिहापछि उनलाई नेकपाका नेता कार्यकर्ताले स्वागत गरेका छन् । उनको पक्राउप्रति नेकपा जिल्ला समिति काठमाडौंले आपत्ति जनाएको थियो ।   


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।