११ श्रावण २०८१, शनिबार

नेपाली व्यवसायीहरुलाई प्रवर्द्धन नगरेसम्म अर्थतन्त्रको विकास हुँदैन : विप्लव

नेपालको दक्षता र विज्ञतालाई विदेश पलायन हुनबाट राेक्नुपर्छ

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपाली व्यवसायीहरुलाई प्रवर्द्धन नगरेसम्म अर्थतन्त्रको विकास नहुने बताएका छन् ।
उद्योग वाणिज्य संघ पाेखराले शुक्रबार आयाेजना गरेको स्वागत भेटघाट तथा छलफल कार्यक्रममा सम्बाेधन गर्दै उनलेे यस्तो बताएका हुन् ।

महासचिव विप्लवले नेपाललाई आत्मनिर्भर बनाउने हो भने नेपालकाे कृषि अर्थतन्त्र र औद्योगिक अर्थतन्त्रलाई जाेड दिनैपर्ने ठाेकवा गरे ।
उनलेे भने,-‘पहिलाे आर्थिक दृष्टिकोण हुनुपर्छ, नेपालको कृषिलाई प्रवर्द्धन गर्नुपर्छ, त्यसपछि राज्यले नेपाली व्यवसायीहरुलाई पहिचान गरेर प्रवर्द्धन गर्नुपर्छ । हरेक देशको विकासको पछाडि व्यवसायीहरुलाई गर्ने संरक्षण, सम्बर्द्धन हो र क्षमताको पहिचान हो ।’
महासचिव विप्लवले राष्ट्रिय पुजी र अन्तर्राष्ट्रिय पुजीबारे आफ्नाे धारणा राख्दै राष्ट्रिय पुजीलाई राज्यले सम्बर्द्धन र संरक्षण गर्नुपर्ने बताए । अर्को उचित प्रतिस्पर्धात्मक सहयोगात्मक अन्तर्राष्ट्रिय पुजी भित्र्याउनु पर्छ तर विदेशी एकाधिकार, नियन्त्रणमूखी, नेपालको पुजीलाई पनि पलायन गर्ने खालको पुजीलाई राेक्नुपर्ने बताए ।

उनले भने,-‘एमसीसीमा हामी सहमत छैनौं, हाम्रो पुस्ताैँ पुस्तालाई नियन्त्रण गर्ने खालकाे अर्को चरित्र आयाे भने त नेपाल वर्षाैवर्ष, दशकाैँसम्म पर धकिलिने खतरा छ त्यसकारण अर्को स्वार्थ लुकेकाे पुजीलाई ठाउँ दिनुहुँदैन ।’
महासचिव विप्लवले नेपाललाई दिर्घकालिन रूपले राम्रो बनाउने देशको दक्षता र विज्ञतालाई विदेश पलायन हुनबाट राेक्नुपर्ने बताए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।