२ कार्तिक २०८१, शुक्रबार

नेकपा मेची ब्युरोका जिल्लाहरुको बैठक सम्पन्न, एमसीसी लागू हुन नदिन आम जनतामा जाने निर्णय

0

झापा: नेपाल कम्युनिस्ट पार्टिको मेची ब्युरो अन्तर्गतका जिल्लाहरु पश्चिम झापा, पुर्वी झापा, इलाम र पाँचथर जिल्लाको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय समितिको चौथो पूर्ण बैठकले लिएका निर्णयहरु सम्प्रेषण/कार्यन्वयन गर्न र जिल्ला र ब्युरोको सापेक्षतामा लिनुपर्ने निर्णयहरुको कार्यन्वयनको लागी बैठकहरु सम्पन्न भएको नेकपाले जनाएको छ ।

बैठकले राष्ट्रघाती एमसीसी परियोजना लागू हुन नदिन आम जनतामा जाने र जनतालाई जागरुक गराउँदै राष्ट्रिय स्वाधिनताको आन्दोलनको उठान गर्ने निर्णय लिएको छ ।

जनताको हकअधिकारको निम्ति संघर्ष गर्ने, लघुवित्त वित्तीय संस्था, मिटरब्याजी र चर्को बैंक ब्याजदर विरुद्ध जारी संघर्षलाई निरन्तरता दिने, भ्रष्टाचार विरुद्ध कडा रुपमा उत्रने, पार्टी संगठनलाई सुदृढ गर्ने, युवा र विद्यार्थीहरुको व्यापक संगठन निर्माण गर्ने, नमुना निर्माण कार्य गर्ने, सामाजिक बेथिति र विकृती विरुद्ध संघर्ष संचालन गर्ने लगायतका निर्णयहरु बैठकले गरेको ब्युरो इन्चार्ज सुमन सिंहले जानकारी दिए ।

बैठकमा प्रमुख अथितिको रुपमा उपस्थित पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले आजको समयमा अन्तर्विरोध बदलिएको बताउँदै अमेरिकी साम्राज्यवाद र नेपाली जनता बिचको अन्तर्विरोध नै आजको मुख्य अन्तर्विरोध भएकोले सोही अनुसार हरेक क्षेत्रमा सोच्न र योजनाहरु बनाउन निर्देश गरेका थिए । पार्टी केन्द्रको चौथो बैठकद्वारा पारित राजनैतिक प्रस्ताव र परिपत्रको ब्याख्या गर्दै पार्टी नीतिहरुमा दृढतापुर्वक उभिन र काम गर्न ब्युरो सफल हुने विश्वास व्यक्त गरे ।

 

आफ्नो पार्टी र नेतृत्वले मात्रै आगामी संकटलाई समाधान दिने पहल लिन सक्ने तर जनताको पंक्तिलाई ध्रुवीकृत गर्नु पर्ने आवश्यकता अपूर्ण रहेकोले चौतर्फी पहल गर्दै आम देशभक्त, क्रान्तिकारीहरु माझ पुग्नु पर्ने उनले बताए । परिस्थिति अनुकुल बन्दै गएको तर कयौं चुनौतिहरु आउन सक्ने भएकाले हरेक चुनौतिको सामना गर्ने गरी पार्टीलाई तयार पार्नु पर्ने उनले बताए ।

बैठकहरुमा पार्टीका केन्द्रिय सल्लाहकार सदस्य होम सीको पनि उपस्थिति रहेको थियो । होम सीले नयाँ परिस्थिति अनुसार पार्टीलाई पनि नयाँ बनाउनु पर्ने आवश्यकता भएकोले मेचीमा युवा विद्यार्थीहरु जुर्मुराउनु पर्ने बताए । उनले मेचीमा पार्टी राम्रो हुँदै गएको, जनताको अपेक्षा पार्टीतिरै सोझिएको यो समय पार्टीका हरेक तह र नेता कार्यकर्ताले जिम्मेवार भएर भूमिका पूरा गर्नु पर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।