२ कार्तिक २०८१, शुक्रबार

युवा संगठन नेपाल केन्द्रीय समितिको सातौ पूर्ण बैठक हुँदै

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको सातौं पूर्ण बैठक केन्द्रिय पार्टी कार्यालय कपिलवस्तुमा सुरु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा भइरहेको बैठकमा अतिथिहरु संगठनका फ्याक्सन इन्चार्ज शिलु सी, असल सी, सुशील सी, अजय सी लगायत रहेका छन् ।

युवा संगठन नेपालका अध्यक्ष पाटन सीको अध्यक्षतामा चलिरहेको बैठकमा संगठनका ब्युरो इन्चार्जहरुले रिपोर्टिङ गरिरहेका छन् ।

एमसीसी कार्यान्वयन हुन नदिन युवाहरू व्यापक  परिचालन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गर्दै बैठक भाेलि सकिने बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।