३१ भाद्र २०८१, सोमबार

एमसीसीको मतियार भन्दै कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

0

काठमाडौं: नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि एमसीसीको मतियार भएको भन्दै खुकुरी प्रहार भएको छ । काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।

उनीमाथि खुकुरी प्रहार गर्ने राष्ट्रवादी युवा श्यामबाबु सापकोटालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए । यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ । सापकोटाले एमसीसीको मतियार र अमेरिकी दलाल भन्दै नेपाली खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते यादवको टाउकोमा चोट लागेको छ । सापकोटालाई महानगरिय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।