२२ भाद्र २०८१, शनिबार

एमसीसी विरुद्धको महा-अभियानमा गोलबन्द हुन नागरिकलाई नेकपा नेता विरहीको आग्रह

0

पाल्पा संवाददाता ।
चरणबद्ध एमसीसीको विरुद्धमा रहेको नेपाल कम्युनिस्ट पार्टीले आज पाल्पाको तानसेनमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य अनिल शर्माले एमसीसी विरुद्धको महा-अभियानमा गोलबन्द हुन नागरिकलाई अपिल गरेका छन् । पाल्पामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै विरहीले केही अमेरिकी दलालहरुले षड्यन्त्रपूर्ण तरिकाले नेपालमा सैन्य अखडा बनाउने खोजेको भन्दै प्रतिरोधात्मक संघर्षमा उत्रन अनुरोध गरे ।


नेता विरहीले ध्वनी मत भनेर संसदमा जबर्जस्ती हल्ला गरेर एमसीसी पास गरिएको टिप्पणी समेत गरेका छन् ।
नेता शर्माले संसदमा संसदीय स्वतन्त्रता हरण गरेर जबर्जस्ती पास गरिएको बताए । पृथ्वीनारायण शाहको गीत गाएर अमेरिकी सैन्य अखडा विरुद्ध बोल्न नसक्नेहरु राष्ट्रवादी हुन नसक्ने उनको टिप्पणी थियोे । अमेरिकाले सहयोगको नाममा आफ्नो सैन्य अखडा बनाउन कोशिस गरेको भन्दै यसप्रति सबै क्षेत्रबाट खबरदारी जरुरी रहेको बताए ।
विदेशी षड्यन्त्र र हस्तक्षेप बढ्दै गएको जटिल परिस्थितिले समाजवादी मोर्चा आवश्यकता परेको हो भन्दै देशका तमाम समस्या समाधान गर्न मोर्चा अझै बलियो बनाउँदै लैजानुपर्ने जिकिर समेत गरेका छन् ।
जनयुद्धको प्राप्त उपलब्धीलाई संस्थागत गर्न नदिने षड्यन्त्र भइरहेको बताउँदै कम्युनिस्टहरुले सबैखाले मोर्चा खोलेर जानुपर्नेमा जोड दिएका छन् ।
जनताको तहमा सचेतना जगाउन आवश्यक रहेको बताउदै नेता विरहीले अमेरिकी सेनाले नेपाली महिलाहरू बलात्कार गर्ने र नेपालीहरुलाई गोलि ठोकेपछि मात्रै बुद्धि फिर्न भन्दा बेलैमा सचेत हुनुपर्ने कुरामा जोड दिए ।
नेता विरहीले भने- ‘अमेरिका सहयोग गर्ने होइन षड्यन्त्र गर्ने योजनामा छ यसको जुटेर भण्डाफोर जरुरी छ,कतिपयले यसलाई सहयोग हो भन्दै अपव्याख्या गरेका छन् यो गलत छ ।’
एमसीसीको विषयमा अमेरिकी अधिकारीहरु नै अस्पष्ट भएको बताउदै विरहीले अमेरिकी सैन्य अखडाको मिसन नेपाली जनताको प्रतिरोधले असफल हुने टिप्पणी समेत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा अनिल विरहीद्वारा प्रस्तुत अवधारणा पत्रमा विभिन्न वक्ताहरुले टिप्पणी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।