११ श्रावण २०८१, शनिबार

एमसीसी विरुद्धको मार्चपासमा सहभागी हुन वामपन्थी बुद्धिजीवी कुंवरको आग्रह

0

संवाददाता ।
एमसीसीको विरुद्धमा रहेको नेपाल कम्युनिस्ट पार्टीले आज पाल्पाको तानसेनमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बोल्दै वामपन्थी बुद्धिजीवी एवम् लेखक बिन बहादुर कुंवरले नेकपाले सञ्चालन गर्ने तयारी गरेको एमसीसी विरुद्धको मार्चपासमा सहभागी हुन सबैलाई अपिल समेत गरेका छन् ।
नेकपाका स्थायी समिति सदस्य अनिल शर्माले पेश गरेको अवधारणा पत्रमाथि टिप्पणी गर्दै कुंवरले राष्ट्र र राष्ट्रियता जोगाउन प्रतिरोध संघर्ष बढाउन आवश्यक रहेको समेत बताए । एमसीसी विरुद्धको अभियानलाई थप मजबुत बनाउन आवश्यक रहेको बताउदै कुंवरले यो मुद्दालाई जनस्तरमा जबर्जस्त स्थापित गराउदै बृहत् जनपरिचालन गरेर भएपनि रोक्नु पर्ने जिकिर गरे ।
अमेरिकी सैन्य अखडा नेपालमा बनाएर नेपाललाई राजनीतिक क्रिडास्थल बनाउन केही स्वदेशी तथा विदेशी शक्तिकेन्द्र लागि परेको बताउदै कुंवरले यसको डटेर सामना गर्न बृहत् मोर्चा आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष दुल बहादुर कुंवर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामिमगर, नेपाली काङ्ग्रेस गुल्मीका सचिव एवम् पत्रकार जगदीश भट्टराई, माओवादी केन्द्रका पाल्पा जिल्ला सचिव मथुरा ढकाल, बुद्धिजीवी निर्मल श्रेष्ठ लगायतका वक्ताहरुले नेता विरहीद्वारा प्रस्तुत अवधारणा पत्रमाथि टिप्पणी गरेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पिबिएम वसन्त सी, जनपत्रकार संगठन नेपालका संस्थापक अध्यक्ष प्रकाश डुम्रे, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रिखिराम राना, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विक लगायतको उपस्थिति रहेको थियोे ।


नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् पाल्पा जिल्ला इन्चार्ज धिरज सीको सभापतित्वमामा सञ्चालित कार्यक्रमको स्वागत आकाश सी र सञ्चालन जिल्ला सेक्रेटरी नेपाल सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।