२२ भाद्र २०८१, शनिबार

नेकपा दक्षिण-पूर्व मकवानपुरको पाँचौ पूर्ण बैठक सम्पन्न

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी दक्षिण-पूर्व मकवानपुरको पाँचौ पूर्ण बैठक सम्पन्न भएको छ । पार्टी कार्यलय हेटौंडामा बसेको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ ।

पार्टी केन्द्रको सर्कुलर अनुसार साविकको मकवानपुर जिल्ला दुई खण्डमा विभाजित भएकोले सोही अनुसार दक्षिण-पूर्व मकवानपुरको बैठक बसेको हो । बुधबार बसेको बैठकमा पालिका स्तरीय जिम्मेवारी थपघट तथा बाँडफाँड गरिएको छ । जस अन्तर्गत मनहरी गाउँपालिकामा इन्चार्ज रामहरी सी र सेक्रेटरी रमेश सी, हेटौंडा उपमहानगरपालिकामा इन्चार्ज सुशीला सी र सेक्रेटरी सुर्य सी, गढी गाउँपालिकामा सेक्रेटरी दिनेश सी, बकैया गाउँपालिकामा इन्चार्ज मोहन सी र सेक्रेटरी रामजी सी र बागमती गाउँपालिकामा सेक्रेटरी सुनिल सीलाई जिम्मेवारी दिएको छ । साथै साविकको जिल्ला समितिबाट ६ जना जिल्ला सदस्यहरु बिदाइ भइ अरु खण्डमा स्थानान्तरण भएका छन् । जसमा सुर्य सी, किरण सी, राम सी, गुण सी, कृष्णमाया सी, बिजय सी, केसर सी, सोम सी र विरुमाया सी रहेका छन् ।

बुधबार बसेको बैठकबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मकवानपुरका जिल्ला सदस्य साजन योन्जन ध्रुवीकृत भइ नेकपामा समाहित भएका छन् । नेकपा दक्षिण-पूर्व मकवानपुरली योन्जनलाई स्वागत गरि जिल्ला समिति सदस्यमा राखेका छन् ।

जनआधारित संगठन र जनआधारित नेताकार्यकर्ता बनाउने उद्देश्यका साथ पार्टीले लिएको ६ महिने आवधिक योजनालाई चुस्तदुरुस्त कार्यन्वयन गर्न नेकपा दक्षिण-पूर्व मकवानपुर लागि परेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।