३१ भाद्र २०८१, सोमबार

अखिल (क्रान्तिकारी) को बैठक कपिलवस्तुमा सुरु, एजेण्डा यस्ता छन्

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको सातौं पूर्ण बैठक आजदेखि कपिलवस्तु शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीको अध्यक्षतामा सुरु भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको छ । बैठकमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज शिलु सी, नेकपा का BPM द्वय विजय सी,अशल सी,नेकपाका केन्द्रीय सदस्य सुन्दर सी, पार्टी केन्द्रीय सदस्य प्रयास सी, हेमन्त सी, कपिलवस्तु पश्चिम जिल्ला सेक्रेटरी बिनोद सी, कार्यालयका विमर्श सी, बिगुल सीको आतिथ्यता रहेको छ ।


बैठकमा संगठनका अध्यक्षले एजेन्डाहरु पेश गरेपछि हलले एक मतले पास गरेको छ । अहिले राजनीतिक प्रस्ताव प्रस्तुतपछि सुदुरपश्चिमबाट केन्द्रीय सदस्यहरुले रिपोर्ट प्रस्तुत गरिरहेका छन् ।


बैठक २ दिनसम्म चल्नेछ भने बैठकले आगामी माघ १०, ११, १२ गते संगठनको २३ औं राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने गरि त्यसको सम्पूर्ण तयारीमा केन्द्रित हुने बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।