३ आश्विन २०८१, बिहीबार

जेल पनि क्रान्तिकाे माेर्चा हाे, क्रान्तिकारीहरूले जेलबाट पनि लड्नुपर्छ : कृति सी

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका पाेलिट व्युराे सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सीले जेल पनि क्रान्तिको महत्वपूर्ण माेर्चा भएकाे बताएका छन् ।
नेकपा काठमाडौं जिल्ला नम्बर ३ काे दाेस्राे आवधिक योजनाकाे पहिलाे पूर्ण बैठकलाई सम्वोधन गर्दै उनले क्रान्तिकारीका लागि जेल पनि महत्त्वपूर्ण माेर्चा भएकाे भन्दै अन्यायका विरूद्धमा लड्दा जेल परे त्यहीबाट संघर्ष गर्नुपर्ने बताए ।

देशभर अझै केही नेता तथा कार्यकर्तालाई सरकारले रिहा नगरेकाे तथा काठमाडौं महानगरपालिका सेक्रेटरी दीपकलाई जनताकाे काम गर्दैगर्दा पक्राउ परेकाे घटनालाई स्मरण गर्दै बैठककाे प्रमुख अतिथि समेत रहेका उनले भने, ‘हाम्रा धेरै साथीहरु अझै जेलमै हुनुहुन्छ, अस्ति हाम्रै पार्टीका जिम्मेवार कमरेडलाई राज्यले अपहरण सैलीमा गिरफ्तार गर्यो । क्रान्तिकारी जेल पर्नु सामान्य हाे । हामीले त्यहिबाट पनि लड्ने हिम्मत गर्नुपर्छ ।’

 

 

पार्टीकाे पहलले दीपक रिहा भएकाे भन्दै यस्ता घटनाबाट हताेत्साही हुन नहुने बताए । ‘न्यायकाे पक्षमा लड्दा, दलालहरूका विरूद्धमा संघर्ष गर्दा उनीहरूले राम्रो मान्दैनन्। हामीमाथि विभिन्न प्रहारहरू हुन्छन् ।’, उनले भने, ‘हामी जेलै जानुपरे पनि त्यहाँकाे माेर्चालाई पनि सशक्त बनाउनु पर्दछ।’

बिहीबार बसेकाे बैठकमा कृति सीले पार्टी उत्पादनमा जाेडिएकाे भन्दै यसलाई सफल पार्नुपर्ने बताए । पार्टीले सारेको दाेस्राे आवधिक याे जनालाई सफल पार्न सबै जिल्ला कमिटी सदस्यलाई निर्देशन दिएका थिए । उनले अमेरिका विभिन्न दलालहरु प्रयोग गरेर कम्युनिस्ट बिराेधि गतिबिधिमा सक्रिय रहेकाे भन्दै त्यसकाे प्रतिकार गर्न र एनसीसी विरुद्धकाे आन्दाेलनमा सक्रिय सहभागिता जनाउन अपिल गरेका थिए ।

नेकपा केन्द्रीय सदस्य तथा उक्त जिल्लाका निवर्तमान इन्चार्ज भृकुटी सीले अमेरिकी साम्राज्यवादले प्रधानमन्त्री प्रचण्डकाे घाँटीमा तरबार झुण्ड्याएकाे बताए । ‘एमसीसीका विषयमा प्रचण्ड किन खुलेका छैनन्, यसकाे सजिलाे जवाफ हाे उनकाे घाँटीमा साम्राज्यवादले तरबार झुण्ड्याएकाे छ ।’, उनले भने, ‘यसका विरूद्ध हामी लडिरहेका छाैं । कम्युनिस्टहरूले आवश्यकता अनुसारका माेर्चा समाल्न तयार हुनुपर्छ ।’

आफू जिल्ला इन्चार्ज हुँदा केही जग बसालेकाे भन्दै यसलाई नयाँ इन्चार्ज र जिल्लाका जिम्मेवार नेताहरू पूर्ण बनाउने बताए । एकीकृत जनक्रान्तिको कार्यदिशामा सहर र गाउँलाई जाेड्ने कार्यक्रम रहेकाे भन्दै याे जिल्लाले यसलाई पूर्ण कार्यान्वयन गर्ने जिकिर गरे ‌।

नयाँ कार्यक्षेत्र लिएर आएका डिआर सीले सामरिक महत्वकाे जिल्ला इन्चार्ज भएर आउन पाउँदा खुसी लागेकाे बताए ।‌ ‘याे जिल्ला पाँच वटा जिल्लाकाे केन्द्र हाे । मलाई याेग्य सम्झेर याे महत्वपूर्ण जिल्लाकाे इन्चार्ज बनाएर पठाएकाेमा पार्टीलाई धन्यवाद छ ।’, उनले भने, ‘याे उपत्यका प्रवेश गर्ने नाका जिल्ला पनि भएकाले हाम्राे ठूलो कार्यभार छ । पार्टीकाे नीतिलाई जनतासम्म लैजान हामीले मिहिनेत गर्नुपर्ने छ ।’


बैठकमा निवर्तमान इन्चार्ज भृकुटीलाई बिदाई गरेर डिआरलाई सी संस्कृति अनुसार स्वागत गरिएकाे थियाे । बैठकले कालाबजारी, भ्रष्टाचारी, कमिसन खाेर, मिटरब्याजी र लघुवित्तकाे ज्यादती विरूद्ध संघर्ष गर्ने, एमसीसी कार्यान्वयनविरूद्ध संघर्ष गर्ने, ब्युरोकाे याेजनालाई पूर्ण कार्यान्वयन गर्ने, सी सन्देश नामक पत्रिका र फेसबुक पेज संचालन गर्ने निर्णय गरेकाे जिल्ला सचिव दिव्यले बताए ।

बैठकमा २१ जना जिल्ला सदस्यहरूकाे उपस्थिति रहेकाे थियो । बैठककाे अध्यक्षता तथा संचालन जिल्ला सेक्रेटरी दिव्य सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।