३ आश्विन २०८१, बिहीबार

नेकपा प्यूठानले एमसीसी, मिटरब्याजी र लघुवित्तको चर्को ब्याज विरुद्ध सशक्त संघर्ष गर्ने

0

प्यूठान: राष्ट्रघाती एमसीसी सम्झौता, मिटर ब्याजी र लघुवित्तको चर्को ब्याजका विरुद्ध सशक्त संघर्ष गर्ने निर्णयसहित नेकपा प्यूठानको पाँचौ पूर्ण बैठक आज सम्पन्न भएको छ ।
एमसीसी सम्झौताले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र अखण्डतामाथि नै नाङ्गो हस्तक्षेप गरी अन्त्यमा नेपाललाई यूक्रेनको अवस्थामा पु¥याउने अमेरिकी षड्यन्त्र रहेको भन्दै राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध जनतालाई साथमा लिई सशक्त संघर्ष गर्ने निर्णय सर्वसम्मतले पास भएको छ । साथै लघुवित्तको मनपरी र मिटर ब्याजीहरुको अवैध धन्दाको विरुद्ध सशक्त संघर्ष गर्ने नेकपा प्यूठानले जनाएको छ । नेकपा प्यूठानको सेक्रेटरी परिवर्तन सीको अध्यक्षतामा बैठक प्यूठानमा सम्पन्न भएको हो ।
बैठकमा प्रमुख अतिथि नेकपाको पोलिट व्यूरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सन्जिव सीले प्रशिक्षणात्मक मन्तव्य दिदै एमसीसी सम्झौताको दफा ५.१(ख) (३) मा वर्तमान अमेरिकी कानुन र भविष्यमा बन्ने कानुन नेपालले मान्नुपर्ने, दफा ३.१ (च) मा आयोजना नेपालमा सन्चालन हुने र २६ प्रतिशत लगानी नेपालको रहने तर आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पतीमा एमसीसीको मात्र हक रहने, दफा ६.८ अनुसार परियोजनामा काम गर्न आउने विदेशीलाई नेपालको कुनै पनि कानुन नलाग्ने, सम्झौतासंग नेपालको राष्ट्रिय कानुन बाझिएमा एमसीसीको कानुन मान्य हुने लगाएतका बुँदाहरु राष्ट्रघाती रहेकाले एमसीसी सम्झौता विरुद्ध सशक्त संघर्षमा होमिन पार्टी कार्यकर्ता र आम सर्वसाधारण जनतालाई अपिल गरेका छन् ।

त्यस्तै नागरिकलाई घरवारविहिन बनाई उठिबास र आत्मदाह गर्न बाध्य पार्ने अपराधी मिठर ब्याजी र लघुवित्तका नाइकेहरुलाई जनगुनासोको आधारमा सामाजिक रुपमै जनकार्वाही गर्न पनि नेता सन्जिव सीले निर्देशन दिए ।

बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा प्यूठानका इन्चार्ज जागृति सी, केन्द्रिय प्रतिनिधी समिती सदस्य सुर्य प्रकाश सी , प्यूठानका पूर्व सेक्रेटरीहरु अजय सी, केशव सी, जिल्ला पार्टीका सल्लाहकार तथा शहिद परिवार मोहन सी, विन्दु सी लगायतले प्रशिक्षणात्मक मन्तव्य दिएको जिल्लाका सेक्रेटरी परिवर्तन सीले जानकारी दिए ।

राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न नेकपाको केन्द्रिय समितिले विभिन्न संघर्षका कार्यक्रमहरु समेत सार्वजनिक गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।