२ जेष्ठ २०८१, बुधबार

सिंहदरबारमा बस्ने नेपाली अनुहारका अमेरिकी एजेण्टलाई लखेट्नु पर्छ : डिआर सी

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला नम्बर ३ का इन्चार्ज डिआर सीले अमेरिकी सहयोग परियोजना एमसीसी कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने बताएका छन् । आइतबार जिल्ला अन्तरगतको चन्द्रागिरी नगर समितिको बैठकलाई सम्बोधन गर्दै डिआरले एमसीसी कुनै पनि हालतमा कार्यान्वयन गर्न नदिने बताएका हुन् ।

उनले एमसीसी कार्यान्वयन गर्ने खोज्ने नेपाली अनुहारका अमेरिकी एजेण्टहरुलाई लखेट्नुपर्ने बताए । ‘सिंहदरबारमा बसेका नेपाली अनुहारका अमेरिकी एजेण्टलाई लखेट्नु पर्छ । एमसीसीका मतियारहरुलाई नेपालमा बस्ने अधिकार छैन ।’, बैठकका प्रमुख अतिथिसमेत रहेका उनले भने, ‘एमसीसी सडकबाट खारेज गर्नुपर्छ । यसको नेतृत्व नेकपाले गर्छ ।’

जिल्ला सेक्रेटरी दिव्य सीले जिल्लाका भ्रष्टचारीहरुलाई थानकोट कटाउनुपर्ने बताए । पार्टीले ल्याएका कार्यक्रमहरुलाई कार्यान्वयन गर्नु जिल्ला सदस्यहरुको कर्तव्य भएको भन्दै दोश्रो आवधिक योजनालाई सफल पार्न सबैलाई निर्देशन दिए ।

बैठकमा नेवा मुक्ति मोर्चाकी व्युरो संयोजक सन्तोशी सी, श्रमिक समूदाय मोर्चाका व्युरो संयोजक रणवीर सी, किसानका संयोजक चक्र सीको आतिथ्यता रहेको थियो । बैठकको अध्यक्षता तथा संचालन नगरपालिकाका अध्यक्ष सिद्धार्थ सीले गरेका थिए । 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।