३१ भाद्र २०८१, सोमबार

रुकुम पश्चिमको मुसिकोटमा सी गार्डेन रेस्टुरेन्ट सञ्चालन

0

रुकुम: नेपाल कम्युनिस्ट पार्टीले रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा सी गार्डेन रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।

खलंगाको त्रिवेणी चोकमा आज बिहान रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले रेष्टुरेन्टको उद्घाटन गरे ।

पार्टीको आत्मनिर्भर नीति अनुरुप रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको नेकपाले जनाएको छ । पार्टी कार्यकर्तालाई आत्मनिर्भर बनाउने पार्टी नीति अनुरुप रेष्टुरेन्ट संचालन गरिएको सी गार्डेन बोर्डका सदस्य हरि सीले जानकारी दिए ।

सी गार्डेन रेष्टुरेन्ट संचालनको नेतृत्व सी गार्डेन बोर्डका सदस्य चन्द्र सीले गर्नेछन् । रेष्टुरेन्ट संचालनका लागि पार्टीले कार्यविधि निर्माण गरेको र सोही अनुसार संचालन हुने बोर्ड सदस्य चन्द्र सीले बताए । उनका अनुसार यो राप्तीको पहिलो शाखा तथा देशभरको दोस्रो शाखा हो । यसअघि पार्टीले झापाको वृतामोडमा रेष्टुरेन्ट चलाइरहेको बताइएको छ ।

रेष्टुरेन्टमा खाना, खाजा लगायत विभिन्न परिकार पाइने पार्टीको भनाई छ । रेस्टुरेन्टमा चाउमिन , म:म: , थुक्पा , पिजा वर्गर , चिया , कफि , सेकुवा , चिकन फ्राइ राइस , मटन फ्राइ राइस , चिकन चप्सी लगाएत नास्ताका सबै परिकारहरु उपलब्ध हुने पनि नेकपाले जनाएको छ ।

रेष्टुरेन्टको उद्घाटन गर्दै रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले पार्टीकै नेतृत्वमा व्यवसाय सुरु हुनु नौलो र उदाहरणीय रहेको बताए । राजनीतिक दलले आत्मनिर्भरताका कुरा मात्र गरिरहेको अवस्थामा नेकपाले थालेको यो अभियान सबैका लागि अनुकरणीय रहेको उनको भनाई छ । यो समय कुरामा भन्दा पनि व्यवहारमा आत्मनिर्भर हुनुपर्ने रहेको उनले बताए । यो रेष्टुरेन्टले जिल्लाको व्यवसायमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै अध्यक्ष खड्काले व्यवसाय सफलताको शुभकामना समेत व्यक्त गरे ।

यस्तै नेकपाले रुकुम पश्चिमको सी गार्डेन रेस्टुरेन्ट राप्तीको पहिलो शाखा भएको र साथै छिट्टै राप्तिका सबै जिल्लामा पार्टीले रेस्टुरेन्टको शाखा विस्तार गर्ने समेत जनाएको छ ।

पार्टीले संश्लेषण गरेको एकीकृत स्वामित्वको अर्थनीति अनुरुप पार्टीका नेताकार्यकर्ताहरु आत्मनिर्भरताको मिसनमा होमिएको समेत नेकपाको उद्घोष छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।