१२ श्रावण २०८१, शनिबार

गो ब्याक अमेरिका

0

          आस्था सी

 

तिम्रो जबरजस्त दबदबाले मेरो
इतिहास मेटाउन सक्दैन ।
तिम्रो साम्राज्यको आतकंले मेरो
चेतनाको ज्याेति निभाउन सक्दैन ।
हामी सहदैनाैँ तिम्रो शासन देशमा
त्यस‌ैले गाे ब्याक अमेरिका ।।
रिजेक्ट एमसीसी ।।

केही दलालकाे आँखामा अमेरिकी
डलरको पट्टि बाध्दैमा ।
के सारा देशभक्तहरुको आँखाको
उज्यालो ज्याेति निभाउन सकिन्छ र ?
फिजाउन दिन्नौँ तिम्रो खुनी पन्जा देशमा
त्यसैले गो ब्याक अमेरिका ।।
रिजेक्ट एमसीसी ।।

वीर गोर्खालीका सन्तान हामी
निउ नखोज अमेरिका फिर्ता भएकै जाति
पर्न दिन्नौँ हामी तिम्रो गिद्दे नजर
मेरो निश्चल अस्मिता माथि ।
मेटिन दिन्नौँ हामी पुर्खाको इतिहास
त्यसैले गो ब्याक अमेरिका ।।
रिजेक्ट एमसीसी ।।

मभित्र जिउँदो युग सलबलाइ रहेछ ।
मभित्र सिंगो राष्ट्र बोध जुर्मुराइ रहेछ ।
मेरो मन, मुटु र रातो रगतभित्र राष्ट्र छ ।
तिम्रो कालो धन पैसाको बिटोमा
बिक्न दिन्न मेरो स्वाभिमान
त्यसैले गो ब्याक अमेरिका ।।
रिजेक्ट एमसीसी ।।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।