२३ भाद्र २०८१, आईतवार

एमसीसी नेपालको संविधान र कानूनको विरुद्ध छ

0

            दीपक पौडेल, नेकपा (मशाल)

 

एमसीसी नेपालको संविधानको प्रस्तावना र प्रचलित कानूनको विरुद्ध रहेको कारण स्वीकार्न सकिन्न । माथिल्लो कर्णालीमा राष्ट्रघात भएको थियो । जनसङ्घर्षले रोक्यो । हाम्रो सङ्घर्षले गर्दा आइपीएस रोकिएको छ । त्यसैले प्रतिरोध जारी राख्नुपर्छ ।

समाज बदल्ने दर्शन, मार्क्सवाद हो । पार्टीहरू मार्क्सवाद अनुसार चलेका छैनन् । समस्याको कारण त्यहीँ छ । मार्क्सवाद लागू गर्ने प्रश्न मुख्य हो। एमसीसी परियोजना आएपछि जनदमन बढ्नेछ। अमेरिकी सेनाको घुसपैठ हुनेछ र प्राकृतिक श्रोत कब्जा गर्नेछ। त्यस प्रकारको समस्याको कारण एमसीसीको विरोध गर्नु परेको हो । एमसीसी परियोजना नेपालको विकास गर्न आएको होइन । चीन घेर्न नेपालको भूमि प्रयोग गर्न आएको हो । त्यसैले यसको प्रतिवाद गर्नुपर्छ ।

(२०८० भदौ २३ गते रुपन्देहीका चारवटा पार्टीहरूले बुटवलस्थित न्यू एरा होटलमा आयोजना गरेको तथा अनिल विरहीद्वारा प्रस्तुत ‘एमसीसी र प्रतिरोधको प्रश्नु विषयक अन्तरक्रियामा व्यक्त विचारको सम्पादीत अंश–सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।