८ कार्तिक २०८१, बिहीबार

अधुरो क्रान्ति पूरा गर्ने आधारहरू तयार भएका छन् : विषम सी

0

काठमाडौं: नेकपा स्याथी समिति सदस्य विषम सीले अधुरो क्रान्तिका पूरा गर्ने आधारहरु तयार भएको बताएका छन् ।
नेकपा काठमाडौं उपत्यका व्युरो, पुर्वी ताम्सालिङ, पश्चिम ताम्सालिङ ब्युरोले संयुक्त रुपमा आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विषमले एकीकृत जनक्रान्तिमार्फत अधुरो क्रान्ति पूरा गर्ने आधारहरु तयार भएको बताएका हुन् ।
पार्टीले अगाडि सारेका रणनीति र कार्यनीतिलाई बुझेर अगाडि बढेको खण्डमा क्रान्ति पूरा हुन समय नलाग्ने उनको भनाई थियो ।


‘हाम्रो पार्टीले छिटो छिटो निर्णय लिन्छ, धेरैलाई यो विषय थाहा हुँदैन । अनि रणभुल्लमा पर्नुहुन्छ ।’, फुटबल खेलको कथा सुनाउँदै उनले भने, ‘अलिकति अलमल गर्यो भने विपक्षीले गोल गरिहाल्छ । हामीले दुस्मनलाई छक्याएर, भुलाएर उसको पोस्टमा गोल गर्नुपर्छ । हामी कहिँ पनि अल्मलिनु हुन्न । रणनीति बुझेपछि क्रान्ति छिट्टै पूरा हुन्छ ।’
पार्टीको नीतिलाई पालना गर्दै आफू चनाखो भएर बस्न सबैलाई निर्देशन दिए । कार्यक्रममा नेकपा महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको थियो । नेकपा उपत्यका व्युरो इन्चार्ज तथा पार्टीका पोलिट व्युरो सदस्य कृति सीको अध्यक्षतामा भएको कार्यक्रममा उपत्यका व्युरोसहित पूर्वी ताम्सालिङ, पश्चिम ताम्सालिङ र जवस मोर्चामा कार्यरत जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पूर्वी ताम्सालिङ व्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य विकल्प सीले गरेका थिए भने प्रशिक्षणमा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई पश्चिम ताम्सालिङ व्युरो इन्चार्ज तथा पार्टीका पोलिट ब्युरो सदस्य आजद सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य विषम सी, शिलु सी, सुशील सीले प्रशिक्षण मन्तव्य राखेका थिए ।
अतिथिको रुपमा नेकपाका पोलिट व्युरो सदस्यहरु माइला सी, चिरन सी, आस्था सी लगायत थुप्रै केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।