८ कार्तिक २०८१, बिहीबार

एमसीसीसँगै राष्ट्र र जनताका समस्यालाई मूल आधार बनाई माडी नगर समितिले संघर्ष गर्ने

0

नेपाल कम्युनिष्ट पार्टी अन्तर्गत पश्चिम चितवनको माडी नगर समिति बैठकबाट एमसीसी, भ्रष्टाचार, मिटर ब्याज, लगायतका विषयहरूमा संघर्ष गर्ने निणर्य गरिएको छ ।

सेक्रेटरी आशिक सीको अध्यक्षतामा बिहीबार माडीमा बसेको नगर समिति बैठकबाट उक्त निर्णय गरिएको हो ।

एमसीसी सम्झौता राष्ट्रघाती र देशको हित विपरित भएका कारण यसका विरुद्ध प्रचारात्मक संघर्ष गर्ने, अन्तरकृया गर्ने, जनतालाई जागरण गर्ने साथै पार्टी केन्द्रको निर्णयलाई आत्मसाथ गर्दै भ्रष्टचार र दलाली विरुद्ध जनतालाई जागृत गर्ने, मिटरव्याज र लघुवित्तको विरुद्ध संघर्ष गर्ने निर्णय नगर समिति पश्चिम चितवनले गरेको नगर सेक्रेटरी आशिक सीले जानकारी दिएका छन् ।

नेकपा चितवन जिल्ला समितिका अनुसार पश्चिम चितवन जिल्ला इन्चार्ज दिनेश सीको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकमा सेक्रेटरी अटल सीको विशेष आतिथ्यता रहेको थियो भने अतिथिमा नगर इन्चार्ज टीका सीका साथै विभिन्न नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।