२२ भाद्र २०८१, शनिबार

युवा संगठन दक्षिण कर्णालीले संगठनको पाँचौ राष्ट्रिय सम्मेलनको व्यापक तयारी गर्ने

0

बाँके: युवा संगठन नेपाल दक्षिण कर्णाली व्यूरोले संगठनको पाँचौ राष्ट्रिय सम्मेलनको व्यापक तयारीका लागि रचनात्मक कामहरु गर्ने निर्णय गरेको छ ।
संगठनको आइतबार बाँकेको कोहलपुरमा बसेको व्यूरोको बैठकले माघ २० र २१ गते धनगढीमा हुन लागेको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा केही रचनात्मक कामहरु गर्ने निर्णय गरेको हो ।

बैठकले असोज ५ गते व्यूरो भरीका जिल्लाहरुमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै युवा संगठन नेपालले असोज २४ गते वृद्धाश्रममा फलफुल तथा लत्ताकपडा सहयोग गर्ने छ । युवा संगठनले असोज १५ गते कालोबजारी,भ्रष्टाचारी विरुद्ध जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र दिने र सोही दिन नाप तौल तथा गुण नियन्त्रण कार्यालयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
संगठनको बैठकले दसै तिहारको समयमा जाजरकोट जिल्लामा खेलकुद प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ । यस्तै संगठनले व्यूरो भरीका जिल्लाहरुमा स्वास्थ्य शिविर संचालन गर्ने लगायतका रचनात्मक कामहरु गर्ने निर्णय गरेको युवा संगठन नेपालका केन्द्रीय सदस्य दिपक सीले जनाएका छन् । दक्षिण कर्णाली व्यूरोमा जाजरकोट,डोल्पा,बाँके र बर्दिया जिल्ला रहेका छन । यी जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
युवा संगठन नेपालको बैठकलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै नेकपाका स्थायी समिति सदस्य भरत सीले भुमण्डलीकृत साम्राज्यवाद तथा त्यसका दलालतत्वहरुका विरुद्ध आक्रमक रुपमा प्रस्तुत हुन सहभागीहरुलाई निर्देशन दिए । अर्का अतिथि नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कर्णाली व्यूरोका इन्चार्ज संगम सीले युवाहरुलाई वेरोजगार बनाएर विदेश पठाउने र नेपाल विदेशीको हातमा सुम्पने काममा नेपालका दलालहरु लागेको आरोप लगाए ।
युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तथा विशिष्ट अतिथि दिनेश सीले राष्ट्रिय सम्मेलनको तयारीमा जुट्न र तय गरिएका रचनात्मक कामहरु पुरा गर्न युवाहरुलाई निर्देशन दिए ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य रणदिप सी, वैकल्पिक केन्द्रीय सदस्य नारायण सी, काठमाडौँ तीन नम्वर जिल्ला इन्चार्ज धनराज सी,पत्रकार बसन्त सी लगायतको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।