२ कार्तिक २०८१, शुक्रबार

युवा संगठन नेपालद्वारा देशैभरी वृक्षारोपण कार्यक्रम सम्पन्न

0

काठमाडौं: युवा संगठन नेपालले फलफुल तथा अन्य बिरुवाहरु रोपाइ कार्यक्रम सम्पन्न गरेको छ । युवा संगठन नेपाल केन्द्रिय समितिको सातौं पूर्ण बैठक २०८० भाद्र १९ र २० गते पाँचौ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै सम्पन्न भएको थियो । उक्त बैठकले दूरगामी महत्त्वका बिषयहरु र आम जनता तथा युवाहरुको समस्याहरुलाई विशेष महत्त्वका साथ छलफल तथा निर्णय गरेको थियो । बैठकले समग्रह राजनीतिक विषय, संगठनात्मक विषय, संघर्ष र आर्थिक आदि विषयहरुमा बिहंगम छलफल तथा दीर्घकालीन महत्त्वका निर्णयहरु गरेको थियो । बैठकले निर्णयहरुलाई देशैभरी एकरुपताक साथ लागु गर्न चरणबद्ध तथा व्यवस्थित योजनाहरु तर्जुमा गरेको छ ।
जस अनुसार २०८० भाद्र ३० गते देशका सामुदायिक वन, सरकारी वन, सरकारी संघ संस्थानहरुलाई लक्षित गरि जडिबुटी, फलफुल तथा अन्य बिरुवाहरु रोपाइ कार्य सम्पन्न गरेको छ । यसैगरि २०८० भाद्र ३१ गते संगठनको उपत्यका ब्युरोद्वारा आयोजना गरिएको वृक्षारोपण कार्यमा पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक पाटन जंगली सी र पार्टी केन्द्रिय सदस्य तथा काठमाडौँ एकका इन्चार्ज भृकुटी सीले संयुक्त रुपमा वृक्षारोपणको उद्घाटन गर्नु भएको छ । काठमाडौँको भृकुटीमण्डप नजिकै रहेको बाल्मीकि विद्यापिठ स्कुलको खाली जमिनमा थुप्रै फलफूल तथा अन्य बिरुवाहरु रोपाइ कार्य सम्पन्न भएको छ । उक्त अवसरमा संयोजक पाटन सीले छोटो मन्तब्य राख्दै, प्राकृतिक श्रोत साधनहरुको रक्षा र प्रबर्द्धन गर्नु हाम्रो प्रमुख दायित्व भएको बताए । आज विश्व पुजीवादले प्रकृतिको चरम दोहन गरेको छ र यो सिंगै मानव समाजका लागि अबिसाब हुदैछ । पृथ्वीमा अवस्थित जिवित प्राणीहरुको अस्तित्व त्यति बेला मात्र सम्भव छ जति बेला सम्म जल र जंगल रहन्छ । अन्यथा मानवको रक्षा हुने असम्भव छ । त्यसैले हाम्रो संगठनले प्रतिको रक्षाको लागि हर प्रयास गर्ने छ । यो कार्यमा आम युवा, विद्यार्थी तथा सचेत नागरिकहरु अग्र पंतिमा आउन अपिल गरे ।

उक्त वृक्षारोपण कार्यक्रममा आयोजक समितिका कार्यालय सदस्य तिलक सी, उपत्यका ब्युरो इन्चार्ज अनिल सी र उल्लेखनिय मात्रामा संगठनका विभिन्न तहका सदस्यहरु सहभागी भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।