१२ श्रावण २०८१, शनिबार

जनपत्रिका भदौ अङ्क प्रकाशित

0

विचार तथा सूचनाकाे सम्बाहक जनपत्रिका मासिककाे भदौ अङ्क प्रकाशित भएको छ । यसमा एमसीसी परियोजनाको विषयमा विप्लव सी, झलनाथ खनाल, कञ्चन, प्रेमसिंह बस्न्यात लगायतका विचारहरु रहेका छन् । त्यसैगरी अनिल सीद्वारा पाल्पाको तानसेन, रुपन्देहीको बुटवल, नवलपरासीको भूमहीमा सम्पन्न गाेष्ठीमा प्रस्तुत कार्यपत्र परिमार्जनसहित प्रकाशित छ । पुराना सामन्ती तथा पुँजीवादी चाडपर्वकाे विषयमा कम्युनिस्ट आन्दोलनभित्रै रहेको विभ्रम र उपभोक्तावादी चिन्तनकाे विरुद्ध तिज पर्वकाे सन्दर्भमा अनुसन्धानमूलक लेख पनि समावेश छ ।

भदौ अङ्कमा भेषराज सीद्वारा अनुदित र चर्चित नेता काेलनताईकाे याैनिक मामिलाकाे लेख रहेको छ । याे लेख तत्कालीन युरोपमा बहसको केन्द्रमा थियो । त्यसैगरी प्रकाशनलाई विविधिकरण गर्ने उदेश्यले प्राकृतिक चिकित्सा र जनस्वास्थ्यकाे सन्दर्भमा पनि लेख-समाचार विश्लेषण समावेश छ । एमसीसी परियाेजना विरुद्ध देशव्यापी जनप्रतिराेध चलिरहेको सन्दर्भ पारेर भदाै अङ्क एमसीसीमा केन्द्रीत गरेकाे सम्पादक जानकी चाैधरी र प्रधान सम्पादक प्रकाश डुम्रेले जानकारी दिएका छन् । भदाै अङ्क पठनिय र सङग्रहकियकाे अपेक्षा प्रकाशककाे रहेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।