१७ बैशाख २०८१, सोमबार

कुमार श्रेष्ठको प्रगतिशील गीत,‘हिँड्नै पर्छ हजारौं चोट सहेर’ सार्वजनिक

0

काठमाडौं: युवा संगठन नेपाल, सिन्धुपाल्चोकका जिल्ला इन्चार्ज कुमार सीकाे शब्द रचना रहेको प्रगतिशील गीत,‘हिँड्नै पर्छ हजारौं चोट सहेर’ सार्वजनिक भएको छ ।

उक्त गीत शुक्रबार ‘आरोह नेपाली’ काे युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा जनवादी गायक तथा संगीतकार आरोह सीको सङ्गीत तथा स्वर, साथै गायक रमन थामी, भरत परियार र कुमार श्रेष्ठले स्वर दिएका छन् ।
पुग्नुछ सर्वाेच्च शिखर युगीन सपना बोकेर त्यसैले बस्न हुन्न निराश भएर, हिंड्नै पर्छ हजारौं चोट सहेर, निरन्तर यात्रा गरिरहनुपर्छ भन्ने भाव गीतमा रहेको छ ।

अभावले मानिसलाई जिन्दगी जिउन सिकाउँछ र संघर्षले सफलताको बाटो देखाउँछ भन्दै मनमा खुसी ल्याउन, अधुरो लक्ष्य पूरा गर्न जीवनमा संघर्ष गरिरहनुपर्छ भन्ने सन्देश गीतमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।