५ जेष्ठ २०८१, शनिबार

गौरीगंगामा भएको खुल्ला पुरुष फुटबल प्रतियोगितामा सी युवा क्लब विजयी

0

कैलाली: नेपाल कम्यूनिष्ट पार्टी निकट सी युवा क्लब कैलालीले मुसुरिया एकेडेमी कलबलाई २–१ गोलको अन्तरले पराजित गरेर सुरुवाती खेलमा आफ्नो जित हासिल गरेको छ ।
गौरीगंगा नगरपालिका वडा नम्बर १० कैलालीले आयोजना गरेको Seven Side पुरुष खुल्ला फुटबल प्रतियोगिताको सुरुवाती चरणमा सी युवा क्लबले विजयी हासिल गरेको हो । खेल शुक्रबारबाट सुरु भएको हो ।
खेल गौरीगंगा नगरपालिका वडा नम्बर १० को उदयासीरको घरेलु मैदानमा भएको थियो ।
मसुरिया एकेडेमीले १ गोल बनाएको थियो भने सी युवा क्लब ले २ गोल बनाएर विजय हासिल गरेको थियो ।
सी युवा क्लबका खेलाडीहरु सन्तोष सी, अशान्त सी, टपेन्द्र सी, दिलिप सी, भरत सी, अमीर सी, करन सी, असिपुरन सी, सजित सीरहेको टिममा सन्तोष सीले आफ्नो टीमको पक्षमा दुई गोल बनाएर सी युवा क्लवलाई विजय गराएका हुन् ।
सुरुवाती चरणको पहिलो खेल सी युवा क्लव ख र क मुसुरिया एकेडमी बीच चलेको थियो । खेल प्रतियोगितामा १८ टीमको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।